News

१५ गतेपछि लकडाउन के होला?

काठमाडौं, बैशाख १३ कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि देशभर लागू भइरहेको लकडाउन वैशाख १५ गतेपछि कस्तो बनाउने भन्ने विषयमा आज (शनिबार) छलफल हुने भएको छ।

चैत ११ देखि लागू लकडाउनको दोस्रोपटक बढाइएको अवधि वैशाख १५ अर्थात् सोमबार सकिँदै छ। त्यसपछि लकडाउन कस्तो बनाउने भन्ने विषयमा छलफल गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वामा रहेको कोभिड–१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठक अहिले बिहान ११ बजे बस्ने भएको हो।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनबारे सामान्य छलफल गरे पनि बैठक मूलतस् अध्यादेश फिर्ता लिने विषयमा केन्द्रित रहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले यसको जिम्मा उच्चस्तरीय समितिलाई दिएको स्रोतले जनाएको छ।

नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगिसकेको छ भने दिनदिनै जसो थपिने क्रम रहेकाले लकडाउन खुल्ने सम्भावना भने न्यून रहेको सरकारले नै बताइरहेको छ।

Related Articles

Back to top button
Close