Tuesday, May 17

दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु

March 28, 2022 425

चितवन :

चितवनको कालिका नगरपालिका–६ मा हिजो दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

खोलेसिमलबाट मिलिजुली चोक तर्फ जाँदै गरेको बा ७१ प ९५९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको ना ३२ प ६५ ३३ नम्बरको मोटरसाइकल आइतबार साँझ पौने ६ बजे ठोकिएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका बा ७१ प ९५९५ नम्बरको मोटरसाइकल चालक चितवनको रत्ननगर नगरपालिका–१२ का १९ वर्षीय प्रविन परियारको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

दुवै मोटरसाइकल सहित अर्का मोटरसाइकल चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै चितवनमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर ५ नाग्दी खोलामा शव फेला परेको हो। मृत महिलाको परिचय भने नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटनास्थल मुचुल्का लगाएतको प्रारम्भिक अनुसन्धान प्रकृया पुरा गरी शव परीक्षणका लागी भरतपुर अस्पतालमा राखिएको छ । नाम थर नखुलेको हुनाले प्रहरीले उक्त हुलिया फोटो सहितको शव कोहि कसैको आफन्त वा चिनजानको मानिस भएमा जिल्ला प्रहरी कार्याल चितवनमा सम्पर्क राख्न हुन समेत अनुरोध गरिएको छ ।

Comment