Video

सुस्मा कार्कीलाई पूजा र आकाशले दिए कडा जवाफ ( भिडियो हेर्नुहोस् )

केहि दिनदेखि सामाजिक सञ्जाल, टिकटक र युट्युबमा छाइरहेकी नायिका सुस्मा कार्कीले केही अन्तर्वार्तामा नायिका पूजा शर्मा लगायतका कलाकारहरुको नाम समेत लिएपछि अहिले उक्त बिषय चर्चाको बिषय बनेको छ ।यसबिषयमा फेसबुक लाइभ गरेर नायका पूजा शर्माले आफ्ना फ्यानहरु सँग माफी माग्दै स्पष्टीकरण समेत दिएकी छन् ।

नायिका शर्मा सँगै फेसबुकमा नायक आकाश श्रेष्ठ पनि जोडिएका थिए ।सामाजिक सञ्जालमा सक्रिय नायिका शर्माले सुस्मा कार्की र आफ्नो नाम जोडेर कसैले कसैलाई गाली नगर्न समेत आग्रह गरेकी छिन् ।

नायिका सुस्मा कार्कीले केही समय अगाडि युट्युब अनलाइन र टेलिभिजनमा दिएको अन्तर्वार्ता अहिले फेसबुक र टिकटकमा निकै भाइरल भइरहेको छ । उक्त भाइरल भिडियोका कारण नायिका कार्की विवादमा तानिएका हुन्, उनी बेला बेलामा चर्चामा आइरहन रुचाउँछिन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Related Articles

Back to top button
Close