Friday, May 20

पुन्य गौतमको एमए गरेकी श्रीमति अपेक्षा वडा सदस्य उम्मेदवार

May 4, 2022 1071

काठमाडौं । समाजमा घटेका हरेक घटनाका बिषयमा टिप्पणी गरिहाल्न भ्याउने ‘भाइरल’ पुन्य गौतमको श्रीमति अपेक्षा अघिकारी एकीकृत समाजवादी पार्टीबाट स्थानिय तहको निर्वाचनमा वडा सदस्यमा उम्मेदवारी दिएकी छिन् ।

गोकर्णश्वर नगरपालिका वडा न.८ बाट उनीले महिला वडा सदस्यमा उम्मेदवारी दिएकी हुन् । उनले राजनीतिक विषयमा एमए गरेकी छिन् । पहिला देखिनै आफु सामाजिक क्षेत्रमा अगाडी बढेको बताएकी छिन् ।

आफु पहिला देखि नै विद्यार्थी राजनीतिमा सक्रिय भएर काम गरेको बताएकी छिन् । आर आर क्याम्पसमा अखिल क्रान्तिकारीमा प्रवेश गरेको र काठमाडौं जिल्ला सदस्य र आर आर क्याम्पसमा उपाअध्यक्ष भएर अगाडी बढेको बताएकी छिन् ।

उनले श्रीमान पुन्यप्रसाद गौतमको आड लिएर अगाडी बढ्नु पर्ने आवश्यकता नभएको बताएकी छिन् ।

उनको श्रीमान पुन्य गौतमले पनि सिंगो टिमलाई जिताउँन कटिवद्ध भएर लागेको र यो सिंगो टिम भरोसा योग्य र यो ठाउँको नेतृत्व गर्ने सक्ने बताएका छन् ।

उनले भनिन्– ‘अब चुनाब जितेपछि हरेक टोल, गल्लीमा सरसफाई गर्ने फोहोर ब्यवस्थापन गर्ने, सार्वजनिकरुपमा सस्तो फि तिर्ने र विहान ७ बजे देखि बेलुका ८ बजे सम्म शिशु स्याहार केन्द्र खोल्ने र वृद्धाहरुका लागि पनि विभिन्न ठाउँहरुमा वृद्धा आश्रम जस्तो एउटा वृद्धाहरु भेला भएर बस्ने ठाउँ बनाइदिने बताएकी छिन् ।

सार्वजनिक स्थानहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने ढल, खानेपानी र बत्तीको राम्रो ब्यवस्थापन गर्ने, सार्वजनिक स्थानमा ‘फ्रि वाईफाई’ र सिसि टिभिहरु जडान गर्ने, र गफ धेरै नगर्ने जितेर गएपछि काम गरेर देखाउँने् बताएकी छिन ।

त्यस पछि जनताले विश्वास गर्नु हुन्छ । एक चोटी हामीलाई ‘चान्स’ मौका दिनु त्यो पछि काम भएन भने खबरदारी गर्ने काम जनताहरुको हुने बताएकी छिन् ।

गोकर्णश्वर नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीहरुको सयुक्त साझा उम्मदेवार भएकोले मतदाताहरुलाई प्रत्यक घर, घरमा गएर सबै मतदाताहरुलाई भेट्ने बताएकी छिन् ।

सम्पुर्ण दाजु भाइ, आमा बुबा र दिदि बहिनीहरुले यस वडामा कलम र गोलाकार भित्र हंसिया हतौडामा मतदान गरेर आफुहरुलाई जिताउँन आग्रह गरेकी छिन् ।

Comment