News

अलबिदा – सुनिल ! सदाको लागि हामी सबैलाई छोडेर गए

डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा बस्दै आएका भकुण्डो(सकर)खेलाडी तथा फेनी मे नामक प्रतिष्ठानका कर्मचारी रहेका स्व सुनिल श्रेष्ठको अन्तिम संस्कार सम्पन्न भएको छ ।

उनको दाह संस्कार अमेरिकाको टेक्सस राज्यको ड्यालसमा हिन्दु परम्परा अनुसार नेपाली ब्राम्हण द्वारा गरिएको छ । कोरोना भाइरसको कारण उनकी पत्नी समेत नेपालबाट आउन नसकेको कारण स्व सुनिलका आफन्तहरु टेक्सस राज्यको ड्यालस वरपर रहेकोले उहाहरुको उपस्थितिमा आज अन्तिम संस्कार सम्पन्न गरिएको छ ।

डिसी महानगर क्षेत्रको डिसी फुटबल क्लब (डिसिएफसी) खेलाडी पनि रहेकोले क्लबको तर्फबाट संयोजक चन्द्र लामा तथा उक्त क्लबका टोली प्रमुख बिज्ञान श्रेष्ठले समबेदना दिनुको साथै श्रद्धान्जली अपर्ण गरेका छन् ।

साथै स्व सुनिलको पत्नीको नाममा राखिएको गो फण्डमा हाल सम्म ३९ हजार डलर संकलन भएको देखिएको छ । उक्त गो फन्डको लागि १ लाख डलर लक्ष्य राखिएको छ ।

सुनिलको निधन उनी बस्ने रेस्टन शहरस्थित आवासगृह (अपार्टमेन्ट) मा भएको थियो ।

मेरिल्याण्ड राज्यका नेपाली मूलका राज्य बिधानसभा सदस्य ह्यारी भण्डारीले स्व श्रेष्ठको पत्नीको ईच्छा अनुसार आफूले गर्न सक्ने कोसिस गर्ने बताए अनुसार उनले सहयोग गरि दिएका छन् ।

भण्डारी कोरोना भाइरसबाट निधन भएका न्यूयोर्कका नेपाली समुदायका लागि त्यतिकै व्यस्त छन् भने स्व सुनिल श्रेष्ठको लागि पनि आफूले सक्ने सबै कर्तब्य गरेका छन् ।

स्व सुनिल श्रेष्ठको नेपालमा एक ७ महिनाको छोरी र ५ बर्ष मुनिको एक छोरा रहेका छन् ।

source:ईनेप्लिज

Related Articles

Back to top button
Close