Tuesday, May 17

घट्यो सुन चाँदीको भाउ तोलाको कति ?

March 28, 2022 985

आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार तोलाको १ लाख ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ४ सयले नै घटेर १ लाख रुपैयाँमा आईपुगेको छ ।आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ८० रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८६ हजार १६५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८५ हजार ७३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ८३ रुपैयाँ तोकेको छ ।

Comment