Friday, May 20

१८ बर्षमै अस्ताइन् सविनाः घाइते बुबाको पनि मृत्यु, कार चालक अझै फरार

May 3, 2022 18

कास्की अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा भएको दुर्घटनामा गम्भीर घाइते भएका कुश्मा नगरपालिका ४ का ४५ वर्षीय जितबहादुर पुनको पनि मृत्यु भएको छ ।

पुनको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको हो । उनकी १८ वर्षकी छोरी सविना पुनको घटनास्थलमै मृत्यु भएको थियो ।

कार चालक

कारको ठक्करबाट बाबुछोरीले ज्यान गुमाएपछि आफन्तहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन् । उनीहरुले फरार रहेको कार चालक एन्जल बम मल्ललाई पक्राउ गरि कारवाही गर्नुपर्ने र मृ तक परिवारले उचित क्षतिपूर्ती पाउनुपर्ने माग राखेका छन् । कार चालकका दाई र बुवा कास्की प्रहरीको सम्पर्कमा आएपनि चालक मल्ल भने अझै फरार छन् ।

अहिले परिवार सडमा अादोलित छन भने परिवार र आफन्तले वार्ता गरिरहेका छन् ।

आइतबार बिहान पर्वततिर जाँदै गरेको ग३च ३५२५ नम्बरको कारले पोखरा आउँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

Comment