Tuesday, May 17

केशव स्थापित मेरा लागि ‘ब्राण्ड एम्बेसेडर’ बने : बालेन शाह

May 3, 2022 182

काठमाडौं २० वैशाख। काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाकै मेयरका उम्मेदवार केशव स्थापितले आफु माथि गरेको टिका टिप्पणीले आफुलाई फाइदा पुगेको बताएका छन् ।

स्थापितले आफु माथि गरेको टिप्पणीप्रति कुनै प्रतिक्रिया जनाइरहन आवश्यक नभएको बताएका बालेनले नरदेवीमा घरदैलो अभियानमा जाँदा केशव स्थापितले सधैँ गाली गर्ने मान्छे यही हो भनेर मलाई बुढापाकाहरुले आफुलाई हरेको बताएका छन् ।

आफुलाई बुढापाका चि नाउन स्थापितको टिप्पणी काम गरेको बताएका उनले स्थापित आफ्नो लागि ब्राण्ड एम्बेसेडर बनेको बताएका छन् ।

साथै, आफुले कुनै चिया पसलमा स्थापितलाई नभेटेको पनि बालेनले स्पष्ट पारेका छन् ।

Comment