News

बागलुङकी १९ वर्षीया युवतीकाे छैटाैं पटककाे रिपाेर्ट नेगेटिभ, डिस्चार्जकाे तयारी

बागलुङ : धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना भाइरस संक्रमित १९ वर्षकी युवतीको छैटाैं पटकको थ्रोड स्वाब परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको छ ।

चौथो पटकसम्म रिपोर्ट पोजेटिभ आएकोले एक महिनादेखि अस्पतालको आइसोलेसन कक्षमा उपचाररत बागलुङ नगरपालिका–४ कुँडुलेकी ती युवतीको पाँचौ र छैठौं पटकको स्वाब रिपोर्ट नेगेटिभ आएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिइन्।
धौलागिरी अञ्चल अस्पतालले उनलाई शुक्रबार साँझसम्म डिस्चार्ज गर्ने तयारी गरिरहेको जनाएकाे छ।

Related Articles

Back to top button