Wednesday, May 18

खाने तेलको मूल्य बढ्यो

May 3, 2022 654

विश्वकै सबैभन्दा ठूलो पाम तेलको उत्पादक, इन्डोनेशियाले गत हप्ता मात्र घरेलु मूल्य वृद्धिलाई समाधान गर्न तेल निर्यात बन्द गर्ने घोषणा गरेको छ । यसमा कोभिड महामारी र युक्रेन युद्धका कारण खाने तेलको मूल्य यो स्तरमा बढिरहेको बताइएको छ ।

यसरी विश्वव्यापी रुपमै तेलसहित विभिन्न खाद्यान्नको मूल्य अकाशिएको अवस्था छ । यसमा पनि खाने तेल विशेषगरी भारतको १.३८ अर्ब जनसङ्ख्याको डायटको महत्वपूर्ण हिस्सा हो । भारत विश्वकै दोस्रो सबैभन्दा ठूलो वनस्पति तेल निर्यात तथा उपभोग गर्ने देश हो । यसले आफ्नो ५६ प्रतिशत आवश्यकता सातवटा देशबाट निर्यात गरि पूरा गर्दै आएको छ ।

भारतमा विशेषगरी पाम, सोयाबिन र सूर्यमूखी तेलको बढी प्रयोग हुन्छ । पाम तेलका लागि यसले ९० प्रतिशत इन्डोनेशिया र मलेसियाबाट भित्र्याउँदै आएको छ । सूर्यमुखी तेलको माग पूरा गर्न चाहिँ यसले आधा भन्दा बढी रुस र युक्रेनबाट आयात गर्ने गरेको छ ।

यो भनेको विश्वव्यापी निर्यातको ८० प्रतिशत हिस्सा हो । तर हाल रुस र युक्रेनबीच जारी युद्धका कारण यसपटक सूर्यमुखी तेलको आपूर्ति २५ प्रतिशतले कटौती हुने देखिएको छ । यसैगरी पाम तेलको दोस्रो ठूलो उत्पादक मुलुक मलेसियामा पनि यसको निर्यातमा कडाइ गर्न थालिएको छ ।

यसरी भारतले यो वर्षमात्र खाने तेल निर्यात गर्न २० अर्ब डलर भन्दा बढी खर्च गर्नुपर्ने अवस्था सिर्जना भइसकेको हुन्छ । यो भनेको दुई वर्ष अगाडिको तुलनामा दुई गुणा बढी मूल्य हो ।

वनस्पति तेल व्यापार संगठन, सल्भेन्ट एक्सट्राक्टर्सका प्रमुख भन्छन्, “कुनै पनि राष्ट्र यत्तिको ठूलो स्तरसम्म सधैँभरि कसरी निर्यातमा निर्भर रहन सक्छ ? त्यसैले अहिले हामी अलपत्र अवस्थामा पुगेका छौँ । यो वास्तवमै एकदम ठूलो संकट हो । यसकारण हामीले यो युद्धबाट निर्यातप्रतिको निर्भरता कम गर्नेबारे ठूलो पाठ सिक्नुपर्ने अवस्था आएको छ ।”

मूल्य वृद्धि नियन्त्रण गर्नकै लागि भारतले खाने तेलमाथिको कर ‘ट्यारिफ’ कटौती गरेको छ । तर २०२० बाट नै लगातार बढिरहेको मूल्यका बीच युक्रेन युद्धले आपूर्ति अवरुद्ध गराइदिँदा समसया गम्भीर बन्न पुगेको हो । सबैभन्दा सस्तो तेल मानिने पाम तेल, भारतमा घरपरिवारदेखि होटल रेस्टुरेन्ट र बेकरीमा पनि प्रयोग गर्दछन् । तर पछिल्लो दुईवर्षमा यसको मूल्य पनि ३०० प्रतिशतले बढेको छ ।

अहिले चाहिँ एक महिनामै खाने तेलको मूल्य २० प्रतिशतले बढिसकेको रिपोर्ट गरिएको छ । मानिसहरुले आपूर्ति स्टक गरेर राख्न थालेकाले पनि यसको मूल्य उल्लेखनीय रुपमा प्रभावित भएको बताइएको छ ।

विशेषगरी भारतमा सस्तो मिठो भनिने सडकपेटीमा पाइने खाना प्रायः तेलमै तारिएको हुन्छ । त्यसैले पनि तेलको मूल्यवृद्धि हुनुले गरिबहरुलाई अझ नराम्ररी प्रभाव पारेको छ । यससँगै चामल, गहुँ र नुनको भाउ पनि बढ्नुले स्थिति भयावह बन्ने खतरा पैदा भएको छ ।

त्यसैले मूल्य यहि अवस्थामा बढिरहने हो भने भारत सरकारले निर्यात अभावलाई धान्नका लागि रासन निर्धारित गर्नुपर्ने हुन्छ ।
अभावको भर्पाइ गर्न यसवर्ष भारतले देशभित्रै पर्याप्त तोरी र सोयाबिन खेतीमा आशा राखिरहेको छ । बीबीसी

Comment