News

धनगढीबाट काठमाडौँमा अलपत्र परेकालाई ल्याउन तीन वटा बस पठाईयो

धनगढी : सरकारले जारी गरेको लकडाउनपछि काठमाडौँ अलपत्र परेका विद्यार्थी र मजदुरलाई ल्याउन धनगढीबाट पनि तीन वटा बस पठाईएको छ। धनगढी उपमहानगरपालिका र कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सांसद नारदमुनी रानाको समन्वयमा अलपत्र परेकाहरुलाई ल्याउन पाँच वटा गाडी पठाईएको सुन्दर सुदूरपश्चिम यातायता प्रालीका अध्यक्ष पदम सापकोटाले जानकारी दिए।

सापकोटाका अनुसार सुन्दर सुदूरपश्चिम प्रालीका दुई र कर्णाली यातायात प्रालीको एउटा गरी तीन बस काठमाडौँका लागि हिडेका हुन्। उनीहरुले काठमाडौँमा अलपत्र अवस्थामा रहेका विद्यार्थी र मजदुरलाई ल्याउनेछन्। अहिले पहिलो चरणमा तीन वटा बस पठाईएको भएपनि आवश्यकता हेरेर थप गाडी पनि पठाईने प्रालीका अध्यक्ष सापकोटाले बताए।

सापकोटाले धनगढीबाट काठमाडौँ सम्म पुग्न लाग्ने इन्धन खर्च उपमहानगरपालिकाले व्यहोरेको भएपनि फर्किदा भने सम्बन्धीत यात्रुले नै तिर्नुपर्नेछ। कञ्चनपुरको बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र वेदकोट नगरपालिकाले समेत अलपत्र परेकाहरुलाई ल्याउन यातायात प्रालीसँग समन्वय गरेर बसहरु पठाएका छन्।

महाकाली यातायात प्रालीका अध्यक्ष डम्बर पन्तले काठमाडौँमा अलपत्र अवस्थामा रहेकाहरुलाई ल्याउन सुदूरपश्चिमबाट १५ वटा गाडी पठाईएको बताए। काठमाडौँ जादा लाग्ने सबै इन्धन स्वयंम गाडी धनीले व्यवस्थापन गर्ने र फर्किदा यात्रुले नै भाडा तिर्नुपर्ने उनले बताए। डडेल्धुराको भागेश्वर गाउँपालिकाले समेत जिल्ला बाहिर रहेकाहरुलाई लैजान गाडीको व्यवस्थापन गरिएको जनाएको छ।

डोटीको जोरायल गाउँपालिका, बोगटान गाउँपालिका र प्रतिनिधिसभा सांसद प्रेमबहादुर आलेमगरको समन्वयमा समेत काठमाडौँमा अलपत्र परेकाहरुलाई ल्याउन बसको व्यवस्था गरिएको छ।

सांसद आलेमगरले बोगटान गाउँपालिका मात्र ३३ जनालाई बस मार्फत पठाईन लागेको जानकारी दिए। लकडाउनपछि काठमाडौँमा अध्ययन गर्दै आएका विद्यार्थी र ज्यालादारी गर्ने मजदुरहरु समस्यामा परेको भन्दै स्थानीय तह र सांसदहरुको समन्वयमा ल्याउने थालिएको हो।

Related Articles

Back to top button