Wednesday, May 18

आज (मंगलबार) ह्वात्तै घट्यो सुनको भाउ

May 3, 2022 771

काठमाडौँ । साताको तेस्रो दिन (आज) मंगलबार पनि नेपाली बजारमा सुनको भाउ ओरालो नै लागेको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १००० रुपैयाँले घटेर रु ९७ हजार २०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको छ । चाँदी आजपनि प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८८३ डलर आसपास कारोबार भइरहेको छ ।

Comment