Video

औषधीको मूल्य बढेको छैन, बढी मूल्य लिनेलाई कडा कारबाही गर्छौं : स्वास्थ्य मन्त्रालय

काठमाडौं : सरकारले औषधिको मूल्य नबढको स्पष्ट पारेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मन्त्रालयमा आयोजित ब्रिफिङमा बोल्दै औषधीको मूल्य बढनुपर्ने कारण नभएको बताए।‘बजारमा औषधीको मूल्य बढेको गुनासो आएको छ, औषधीको मूल्य बढनुपर्ने कारण छैन’, उनले भने, ‘कुनै किसीमको औषधीमा मूल्य बृद्धि नहोस् ।’उनले स्वास्थ्य सेवा विभागले औषधी पसलको अनुगमन गर्ने र बढी मूल्य लिनेलाई कारबाही गर्ने चेतावनी दिए । ‘यसको हामी अनुगमन गर्छौ र कडा कारबाही गर्छौ’, उनले भने । उनले व्यवसायीलाई सामान्य अवस्थाको जस्तै औषधि विक्री वितरण गर्न आग्रह गरे।


Related Articles

Back to top button