News

यिनी हुन् विश्वकै कान्छा प्रोफेसर, १४ वर्षको उमेरमा बेलायतको चर्चित विश्वबिद्यालयमा पढाउँछन्

एजेन्सी । सुन्दा पत्यार नलाग्ने तर सत्य कुरा थाहा पाउँदा तपाईलाई पनि अचम्म लाग्न सक्छ । १४ वर्षका बालक विश्वविद्यालयका प्रोफेसर हुन् भन्दा पक्कै पनि विश्वास नलाग्न सक्छ । तर यो सत्य हो । याशा एस्ले जम्मा १४ वर्षका भए । १४ वर्षको कलिलो उमेरमा नै उनी बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक बन्न सफल भएका छन् । विश्वकै कान्छा प्राध्यपकका रुपमा आफ्नो परिचय बनाइरहेका याशासँग विलक्षण प्रतिभा छ ।

गणित विषयमा विशेष दख्खल भएका उनी अहिले विश्वविद्यालयमा पढाउँछन् । उनलाई मानव क्याल्कुलेटरको उपमा दिइएको छ । हालै लेचेस्टर युनिभर्सिटीले भिजिटिंग प्रोफेसरको रुपमा छनोट गरेका एस्लेले विश्वविद्यालयमा गणित विषय बढाउनुका साथै आफैँ पनि डिग्री पढिरहेका छन् ।

१४ वर्षका किशोरको विलक्षण प्रतिभा देखेर याशालाई विश्वविद्यालयको भिजिटिंग प्रोफेसरको पद दिनका लागि लिचेस्टर विश्वविद्यालयको मानव संसाधन विकास विभागले लिचेस्टरको परिषदबाट विशेष अनुमति लिनु परेको थियो । जसका लागि विश्वविद्यालय समेत केही समय अप्ठ्यारोमा परेको थियो ।

यो पनि पद्नुहोस :
भोलीको बन्द कडा हुने चेतवानी दिँदै ‘विप्लव’ नेतृत्वको नेकपाले जारी गर्यो यस्तो विज्ञप्ति

काठमाडौं । भोली नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दको आह्वान गरेको छ । आफ्ना केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माईला लामा पक्राउको बिरोधमा उक्त पार्टीले भोलि बन्दको आवह्वान गरेको हो । नेकपाले यहीँ साउन १५ गते अर्थात भोली बाग्मती, नारायणी ब्युरो सहित जनकपुर ब्युरो अन्तर्गतका जिल्लामा बन्दको आवह्वान गरेको जनाएको छ ।

विद्रोही नेकपाले लामा सहित सम्पुर्ण नेता कार्यकर्ताको विना सर्त रिहाईको माग गरेको छ । नेकपा प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘साउन ४ गते राती सुतिरहेको समयमा काठमाडौं, काँडाघारीबाट नेपाल कम्युनिस्ट पार्टीका उपत्यका व्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज माइला लामा ‘प्रज्वल’लाई राष्ट्रघाती, व्यभीचारी, लु’टेरो, द’लाल, ह’त्यारा, गु’ण्डा नायक प्रहरीभित्रको बदनाम गि’रोहले गि’रफ्तार गरेको छ ।

यसले आफ्नै काठमाडौं अदालत समक्ष गि’रफ्तारीको औचित्य पुष्टि गर्न र प्रमाण पेश गर्न पनि सकेन । त्यसपछि नाङ्गो झुठ र नक्कली बहानामा जेल चलान गर्यो । ओली–बादल मण्डलीको यसप्रकारको इतिहासकै तानाशाहहरुको हर्कत माथ गर्ने निरंकुश र आततायी गि’रफ्तारी एवं दमनको पार्टी निन्दा र घोर भत्र्सना गर्दछ र माइला लामाको रिहाइको माग गर्दछ ।’

Related Articles

Back to top button
Close