News

यी हुन् आफ्नै कलेजो बुबालाई दिएर नयाँ जिबन दिने महान छोरी

डेढ महिनाअघिसम्म काठमाडौं, हात्तीगौंडाका ५८ वर्षीय पदमबहादुर मल्ललाई खुसीका दिन आउलान् जस्तो लागेको थिएन । न त शरीर नै यति तन्दुरुस्त होला भन्ने लागेको थियो। एक वर्षअघि आफ्नो कलेजो बिग्रिसकेको थाहा पाएपछि मल्ल परिवारमा खुसी हराएको थियो।एक वर्षदेखि रक्सी सेवनका कारण कलेजोमा सिरोसिस भएपछि उनको यस्तो हविगत भएको थियो।

तर गत जेठको तेस्रो साता टिचिङ अस्पतालमा उनको कलेजो प्रत्यारोपण सफल भएकाले मल्ल परिवारमा खुसी छाएको छ। यो खबर आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन्।अस्पतालका इन्ट्रोग्यास्ट्रोलोजी सर्जन डा रमेश भण्डारीको नेतृत्वमा कलेजो प्रत्यारोपण भएको हो। उनलाई आफ्नै जेठी छोरी पुर्णी शाहीले कलेजो दान गरेकी छिन्।

कलेजो दिएकी पुर्णी र पदमबहादुर दुवै खुसी देखिन्छन्, छोरी पितालाई बचाउन पाएकोमा र पदमबहादुर नयाँ जीवन पाएकोमा। सोही क्रममा पदमबहादुरले छोरीले कलेजो दिएर आफूलाई नयाँ जीवन दिएको बताए। म छोरीप्रति असाध्यै ऋणी र खुशी पनि छु,’ उनले भने। यतिखेर पदमबहादुर स्वस्थ व्यक्तिसरह सामान्य खाना खानसक्ने भएका छन्।

उठेर यताउति हिँडडुल गर्न पनि।उनको स्वास्थ्य सामान्य बन्दै गएकाले डिस्चार्ज गरिसकेको उपचारमा संलग्न चिकित्सक डा। रमेशसिंह भण्डारीले बताए। उनले सामाजिक सञ्जालमार्फत कलेजो दिने छोरी र बाबु दुवैलाई डिस्चार्ज गर्न पाएकोमा आफूलाई ठूलो आनन्द मिलेको जनाए। मलाई आज धेरै आनन्द मिलेको छ।

पहिलो पटक कलेजो प्रत्यारोपण पूर्ण सफल भएको छ, कलेजो लिनेदिने दुवै डिस्चार्ज भएका छन्,’ उनले फेसबुकमा लेखेका छन्। उनले फेसबुकमै कलेजो प्रत्यारोपणमा सहयोगी चिकित्सक समूहलाई धन्यवाद दिएका छन्। डा भण्डारीका अनुसार स्वस्थ व्यक्तिको सानो टुक्रा कलेजो काटेर कलेजो सिरोसिस भएको व्यक्तिमा राखिने प्रक्रिया हो कलेजो प्रत्यारोपण।

रक्सीसेवन या अन्य कारणले कलेजो पूरै बिग्रेको अवस्थामा प्रत्यारोपण गरिन्छ। डा भण्डारीका अनुसार स्वस्थ व्यक्तिको सानो टुक्रा कलेजो काटेर कलेजो सिरोसिस भएको व्यक्तिमा राखिने प्रक्रिया हो कलेजो प्रत्यारोपण। र’क्सी सेवन या अन्य कारणले कलेजो पूरै बिग्रेको अवस्थामा प्रत्यारोपण गरिन्छ।

कलेजो प्रत्यारोपण भएका पदमबहादुर स्वस्थ बनिसकेका छन्। तर पूर्ण रूपमा सामान्य अवस्थामा आउन थप तीन महिना लाग्नेछ। यसका लागि उनले पूर्ण हेरचाहमा बसेर सं’क्रमण बाट बच्नुपर्नेछ। चिकित्सकको सल्लाहअनुसार फलोअपमा आउनुपर्नेछ। डा भण्डारीले टिचिङमा कलेजो प्रत्यारोपणका लागि विगत पाँच वर्षदेखि प्रयास गरेका थिए। जनबोली डटकम बाट ।

Related Articles

Back to top button