News

बोर्डिङ स्कूलका सञ्चालक भुसाल मृतावस्थामा फेला परे

कैलालीको गौरीगङ्गा नगरपालिकास्थित बिहानी क्षितिज इङ्लिस बोर्डिङ स्कूलका सञ्चालक कृष्णप्रसाद भुसाल मृतावस्थामा फेला परेका छन् । गौरीगङ्गा नगरपालिका–९ बसोबास रहेका ४० वर्षीय भुसालको श’व घोडाघोडी नगरपालिका–१० मा रहेको कैलाशधाम मन्दिर क्षेत्रमा फेला परेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिनुभयो ।प्रहरीका अनुसार श’वको आँखा, मुख र घुँडामा चो’ट देखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय सुखडका प्रमुख भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेका छ ।

त्यस्तै बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं २ पितमारीस्थित नालामा तीन बालककोे डु’बेर निधन भएको छ । बिहीबार दिउँसो पौडी खेल्न गएका तीनै जना डु’बेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । निधन हुनेमा पितमारी बस्ने १२ वर्षीय नरेश कुँवर र १२ नवीन परियार तथा ११ वर्षीय अनित रावत रहेको बताइएको छ । प्रहरीका अनुसार श’व परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ ।

त्यस्तै केही दिनअघि चट्याङ लागेर ज्यान गुमाएकी पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरीकी कल्पना भुसालको परिवारलाई राहत हस्तान्तरण गरिएको छ ।पीडित परिवारको घरमै पुगेर बिहीबार जिल्ला दैविप्रकोप उद्धार समितिको तर्फबाट रु एक लाख र फलेवास नगरपालिकाको तर्फबाट रु ५० हजार गरी रु एक लाख ५० हजार हस्तान्तरण गरिएको हो । फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्मा, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल र प्रहरी नायब उपरीक्षक स्यामु आर्यलसहित घरमै पुगेर राहत रकम हस्तान्तरण गरिएको हो ।

भुसालको वैशाख ७ गते दिउँसो घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर ज्यान गएको थियो । चट्याङ लागेर गम्भीर घाइते भएकी भुसालको उपचारका लागि पर्वत अस्पतालमा ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । मृतक भुसालका एक छोरा एक छोरी र श्रीमान् छन् । राहत रकम मृतकका श्रीमान् यज्ञप्रसाद भुसाललाई हस्तान्तरण गरिएको फलेवासका नगरप्रमुख शर्माले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close