Saturday, May 21

बिवाहको एक हप्ता मै अमेरिका उडिन् केकी अधिकारी

May 2, 2022 2572

अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् ।

विवाह भएको एकसातामै उनी अमेरिका उडेकी हुन् । रोहित तिवारीसँग बिवाह गरेकी उनी अमेरिका भने एक्लै उडेकी छन् । उनको साथमा अभिनेत्री रीमा विश्वकर्मासँगै छिन् ।

उनी ‘मेरो डान्स कप यूएसए’ नामक टीभी रियालिटी शो’को निर्णायक बन्न अमेरिका उडेको बताइएको छ । रीमा उक्त कार्यक्रमको होस्ट हुन् ।

केकीलाई एयरपोर्ट पु-याउन रोहित पुगेका थिए । झण्डै तीन साता केकी र रीमा अमेरिकामा रहनेछन् । केकीलाई लिन र विवाहमा सहभागी हुन रीमा केही साता अगाडि मात्र अमेरिकाबाट नेपाल आएकी थिइन् ।

Comment