News

गर्मि बढेपछि छल्न पौडि खेल्ने गएका तिन बालकको डु’बेर निधन, पुरै गाउँ सोकमा

कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिकामा पौडि खेल्ने क्रममा डु’बेर तीन बालकको निधन भएको छ । बैजनाथ गाउँपालिका वडा नं २ पितमारीमा पौडि खेल्ने क्रममा नालीमा डुल्दा तीन बालकको बिहीबार ज्यान गएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार तीनै जना बालकको श’वं नालीमा मृत अवस्थामा बिहीबार दिउँसो फेला परेको थियो । प्रहरीका अनुसार नालीमा डुबेर निधन हुनेहरुमा बैजनाथ २ पितमारीका १२ वर्षिय नरेश कुँवर, सोही उमेरकै नविन परियार र ११ वर्षिय अनित रावत रहेका छन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले घटनास्थलको मुचुल्का उठाएर पोस्टमार्टमको लागि शवंहरुलाई भेरी अस्पताल नेपालगञ्ज पठाइएको जानकारी दिए । सरकारले कोरोना संक्रमण फैलिन नदिन लकडाउन घोषणा गरेका कारण उनीहरु विद्यालय बन्द भएपछि पौडि खेल्नको लागि स्थानीय नालीमा पुगेका थिए । सोही क्रममा नालीमा उनीहरुको डुबेर ज्यान गएको हो । एकै गाउँका तीन जनाको डु’बेर निधन भएपछि पितमारी गाउँ शोकमा डुबेको छ ।

Related Articles

Back to top button
Close