Tuesday, May 17

सुष्मा अधिकारीले स्विमिङ पुलमा पोज दिएर इन्टरनेटको गर्मी बढाइन्, हेर्नुहोस् तस्वीरहरु

March 28, 2022 502

काठमाडौं। अभिनेत्री तथा मोडल सुष्मा अधिकारीले स्विमिङ पुलमा गरेको फोटोसुटका तस्वीरहरु शेयर गरेर सामाजिक संजालको गर्मी बढाएकी छिन् । बैजनी रंगको फ्लोरल बिकिनीमा सुष्माले निकै बोल्ड पोज दिएकी छिन् । फोटोसँगै सुष्माले क्याप्सनमा लेखेकी छिन् ‘म कूल छु तर गर्मीले मलाई हट बनाउँछ ।

अभिनेत्री सुष्मा अधिकारी यतिबेला भोजपुरी फिल्म उद्योगमा संघर्षरत छिन् । सामाजिक सञ्जालमा सक्रिय सुष्माले आफ्ना ग्ल्यामर तस्बिरहरू पोष्ट गरिरहन्छिन् । सुष्माको पछिल्लो फोटोसुटलाई भारतीय मिडियाले पनि विशेष स्थान दिएका छन् । टाइम्स अफ इण्डियाले गरेको कभरेजलाई सुष्माले आफ्नो ट्वीटरमा पनि शेयर गरेकी छिन् ।

सुष्मा आफ्नो फेसन सेन्सका कारण चर्चामा आइरहन्छिन् । साडी, लेहंगादेखि क्याजुअल पहिरन तथा बिकिनीमा सुष्माले आफ्नो हट अवतार देखाउने गर्छिन् । सुष्माले अभिनयको सुरुवात नेपाली फिल्मबाट गरेकी हुन् । यसपछि उनले भोजपुरी फिल्ममा पाइला चालिन् । उनले ‘दिवाना–२’ र ‘जय मधेस’ लगायत हिट फिल्ममा अभिनय गरेकी छन् ।

Comment