हेटौडा बहुमुखी क्याम्पसका सह प्राध्यापक साथै मामाघर नेपालको संस्थापक अध्यक्ष अर्पण पराजुली करिब एक दशक अगाडि आफ्नु व्यक्तिगत कामका सिलसिलामा हेटौडा बजार पुगेका पराजुलीले त्यहाँ रहेका सड क बालबालिकाको द यनिय अवस्था देखेर सडक बालबालिका जस्तै बनेर रिसर्चका सडक मै तीन महिना बसेका थिए।
त्यसपछि उनले सम्बन्धित निकायबाट स्वीकृत लिएर ती सड क बालबालिकालाई आफु बस्ने डेरामा लगेर मामाघर नेपालको स्थापना गरेका थिए। त्यसै सड क बालबालिकाको भीडमा थिए नेपाली राष्ट्रिय हकी खेलाडी राजु। अर्पण पराजुलीले राजुलाई सडक बाट उठाउने क्रममा उनको उमेर लगभग ९ वर्षको रहेछ।
अर्पण पराजुली लाई तपाईले राजुलाई सुरुमा सडकमा देख्दा कस्तो अवस्थामा थिए भनेर सोध्दा उनी यसो भन्छन्,’ निलो कलरको जाकेट , स्वीटर पुरै कालो भएको सेतो कलरको पाइन्ट र डोरीले बाँधेर बनाएको बेल्ट अनि ठुलो मान्छेले लगाउने चप्पल लगाको थियाे अनि कपाल पुरै लामो थियो राजुको।’
‘राजु पहिले देखि नै एकदम हँसिलो मिजशकोे बच्चा थियो अनि ग्रुपमा अलिकति बोलिरहने उटपट्याङ खालको कुरा गर्ने स्वभावको थियो। अनि मैले के भन्ने भनेर सोध्दा पनि राजेश हमाल बन्ने भनेर भन्ने गर्थ्यो राजुले। राजु एउटा ग्याङको डन समेत भएको हिसाबमा ऊ अरु बच्चा भन्दा निकै नै फुर्तिलो थियो।’
राजुलाई तपाईं हकी गेमको राष्ट्रीय खेलाडी सम्म बनिसक्दा तपाईंलाई खेल जीवन प्रति रुचि कसरी आयो त भनेर सोध्दा उनी यसो भन्छन्,’ भर्खर सडकबाट आएको हुनाले पढाई तिर तेति इन्ट्रेस्ट थिएन त्यहि भएर खेल तीर लगियो खेल्दै सबैको सहयोगले सम्म आइपुगें।’
Comment