Wednesday, May 18

यतिबेला सामाजिक सञ्जालमा भाइरल, खुट्टामा पैसा राखेर ढोगेको तस्वीरको वास्तविकता

May 2, 2022 1027

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नम्बर १० मा वडाध्यक्षका कांग्रेसका उम्मेदवार अमृत खनाल एक महिलाको पाउमा १ हजारको नोट राखेको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

मतदाताको पाउमा पैसा राखेर भोट मागेको भन्दै उहाँको चर्को आचोचना भइरहेको छ । चुनावी प्रचारका लागि घरदैलो गरिरहनुभएका खनालले प्रत्येक घरमा यसैगरी भोट माग्दै हिँडेको उहाँमाथि आरोप छ ।

कसैलाई एक हजार त कसैलाई त्योभन्दा बढी रकम पाउमा राखेर ढोग्दै भोट मागेको भन्दै विपक्षीले आरोप लगाएका छन् । तर, खनालले भने तस्वीरलाई विपक्षीले प्रचारको मसला बनाएको भन्दै दुःख व्यक्त गर्नुभएको छ

खनालले उक्त तस्वीरमा गोडा ढोगिएकी महिला मतदाता नभएर आफ्नी फुपु भएको बताउनुभएको छ । महिलाको नाम चेतकुमारी कार्की हो ।

फुपाजु बितिसकेको हुनाले दिदीको दैनिकीलाई सहजता होस् र दिदीप्रतिको सम्मानमा आफूले हरेक पटक भेट्दा केही रुपैयाँसहित ढोग गर्ने गरेको उहाँले बताउनुभयो ।

फुपु कार्कीको घर वडा नम्बर १० भए पनि मतदाता नामावली भने वडा नम्बर ९ मा रहेको छ । फुपुले आफूलाई मत दिनै नपाउने भए पनि विपक्षीले गलत प्रचार गरेको खनालले बताउनुभयो ।

Comment