International

चीनमा बन्यो अर्को कोरोना भ्याक्सिन, पहिलो पटक बाँदरमा सफल, मानिसमा परीक्षण सुरु

काठमाडौं। कोरोनाभाइरसविरुद्धको भ्याक्सिनले पहिलो पटक बाँदरमा सफलतापूर्वक काम गरेको छ । एक चिनियाँ कम्पनीले बाँदरमा गरिएको प्रयोगमा सफलता हासिल गरेको हो । कम्पनीले रिसस मकाउ अर्थात सामान्य रातो मुख हुने बाँदरलाई भ्याक्स्नि दिएको थियो । त्यसपछि गरिएको जाँचमा ती बाँदरमा कोरोनाभाइरस संक्रमण हुन नसक्ने पाइएको हो । कम्पनीले १६ अप्रिलदेखि यो भ्याक्सिनको मानिसमा परीक्षण समेत सुरु गरिसकेको छ ।

बेइजिङको औषधी उत्पादक कम्पनी साइनोभ्याक बायोटेकका अनुसार ८ वटा बाँदरमा नयाँ भ्याक्सिनको अलग अलग डोज दिइएको थियो । तीन हप्तापछि ती बाँदरहरुको जाँच गर्दा आश्चर्यजनक नतिजा पाइयो । बाँदरहरुको फोक्सोमा ट्युबको माध्यमले भ्याक्सिनको रुपमा कोरोनाभाइरसको औषधी राखिएको थियो । तीन हप्तापछि गरिएको जाँचमा कुनै पनि बाँदरमा संक्रमण भेटिएन । साइनोभ्याकका सिनियर डाइरेक्टर मेंग विनिंगका अनुसार जुन बाँदरलाई सबैभन्दा धेरै डोज दिइएको थियो त्यो बाँदरको फोक्सोमा वा शरीरमा एक हप्तामै कोरोनाभाइरसको कुनै लक्षण वा सबुत थिएन ।

एक हप्तामा केही बाँदरहरुमा हल्का असर देखियो तर त्यसलाई नियन्त्रित गरियो । साइनोभ्याकले परीक्षणपछि आफ्नो रिपोर्ट १९ अप्रिलमा प्रकाशित गरेको छ । बाँदरमा प्रभावकारी देखिएपछि मेंग विनिंगले यो भ्याक्सिनले मानिसमा पनि प्रभावकारी असर देखाउने विश्वास व्यक्त गरे । विनिंगका अनुसार कम्पनीले भ्याक्स्नि विकसित गर्ने पुरानोतरिका अपनाएको थियो । कम्पनीले पहिले कोरोनाभाइरसबाट बाँदरलाई संक्रमित गरेर उसको रगतबाट भ्याक्सिन बनाएको थियो ।

Related Articles

Back to top button
Close