Wednesday, May 18

अर्को साताबाट देशरभर इन्टरनेट र टेलिभिजन सेवा बन्द हुन सक्ने चेतावनी

May 2, 2022 940

काठमाडौं- निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरूले आगामी साताबाट देशरभर इन्टरनेट र टेलिभिजन सेवा बन्द हुन सक्ने चेतावनी दिएका छन् ।

व्याण्डविथ खरिद गरेको रकम भुक्तानीमा सरकारले सहयोग नगरेको भन्दै इन्टरनेट सेवाप्रदायकहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) यस्तो चेतावनी दिएको हो ।

आईस्पानका अध्यक्ष सुधीर पराजुलीले विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचनका बेला मुलुक इन्टरनेटविहीन हुन सक्ने चेतावनी दिएको हो । व्याडविथ खरिदको रकम भुक्तानीका लागि विदेशी मुद्रा सिफारिसमा रोक लगाएको भन्दै आईस्पानले आपत्ति जनाएको हो ।

इन्टरनेट सेवा प्रदायकहरुले विगत ६ महिनादेखि व्याण्डविथ खरिद वापतको भुक्तानी गर्न नसक्दा आगामी हप्ताबाट देशभर इन्टरनेट बन्द हुने स्थिति आएको अध्यक्ष पराजुलीको भनाई छ ।

देशभर इन्टरनेट सेवा अबरुद्ध भएको खण्डमा त्यसको जिम्मेवारी पनि सरकारले दिनु पर्ने पराजुलीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Comment