International

भारतमा कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो, ७२१ को मृत्यु

काठमाडौँ, १२ वैशाख / भारतमा कोरोना संक्रमण थप फैलिँदै गइरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्र १ हजार ६६९ नयाँ संक्रमित फेला परेका छन् ।यो समाचार तयार पार्दासम्म भारतमा कोरोनाबाट संक्रमण हुनेको संख्या २३ हजार ३९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । त्यहाँ बिहीबार मात्र कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मर्नेको संख्या ७२१ पुगेको छ ।

भारतमा कुल संक्रमितमध्ये ५ हजार १२ जना भने पूर्णरुपमा निको भइसकेका छन् । हाल १७ हजार ३०६ जना संक्रमित उपचाररत रहेको जनाइएको छ ।
भारमा बुधबार काेराेनाबाट ३६ जनाकाे मृत्यु भएकाे थियाे भने १२ सय ९० नयाँ संक्रमित फेला परेका थिए ।

त्यस्तै साउदी अरेबियामा रहेका नेपाली श्रमिकलाई खानबस्न कुनै समस्या परेमा आफ्नो विवरण दूतावासमा टिपाउन रिहादस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । नेपाली दूतावासले सबै नेपाली श्रमिकलाई आफ्नो यथार्थ समस्या दूतावासमा जानकारी गराउन आग्रह पनि गरेको हो । श्रमिकले भने त्यहाँको नेपाली दूतावासको फोन रिसिभ नभएको भन्दै गुनासो गदै आएका छन् ।

विगत चार वर्षदेखि साउदीमा कार्यरत पर्वतको बाच्छा स्थायी घर बताउने विमल पराजुलीले एक महिनादेखि साउदीमा काम नभएर बेखर्ची भई खानबस्नै समस्या भएर दूतावासमा फोन गरे पनि नउठेको गुनासो गर्नुभयो ।

गएको एक वर्षदेखि साउदीमा अवैध भएर हार्डवेयर पसलमा काम गरिरहनुभएका उहाँलाई साहुले कामबाट निकालेसँगै बेखर्ची भएर केही दिनदेखि नेपाली साथीको डेरामा आश्रय लिइरहेको दुःखेसो सुनाउनुभयो ।

गोरखापत्रसँगको सम्पर्कमा उहाँले भन्नुभयो, दूतावासमा धेरैपटक फोन गरे तर रिसिभ नै भएन, खान बस्नै समस्या भएर अहिले साथीकोमा आश्रय लिइरहेको छु, उहाँको पनि कमाइ छैन, बाँच्नै समस्या भएको छ ।

पराजुलीले साउदीमा आफूजस्तै थुप्रै नेपाली श्रमिक काम नभएर समस्यामा भएको गुनासो गर्नुभयो । यता साउदीको दूतावासले भने साउदीमा समस्यामा परेका नेपालीलाई स्रोतसाधनले भ्याएसम्म सहयोग गरिरहेको जानकारी गराएको छ ।

Related Articles

Back to top button
Close