News

भोजपुरका कोरोना संक्रमित युवा साउदीबाट आएका थिए ।

वैशाख / भोजपुर भोजपुरका एकक युवामा कोरोना पोजिटिभ देखिएको छ । भोजपुरको हतुवागढी गाउँपालिका हाल वडा नं. ६ स्थायी घर भएका २६ बर्षीय युवकमा कोरोना पुष्टि भएको हो ।

गत मंगलबार र्यापिड डाइग्नोष्टिक (आरडीटी) टेष्टमा पोजेटिभ देखिएपछि उनको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आज गरिएको पीसीआरमा उनमा कोरना पुष्टि भएको हो ।

आरडीटी टेष्टमा पोजिटिभ आएसंगै उनलाई हतुवागढी गाउँपालिकाको घाडेटार स्थित स्वास्थ्य चौकीमा आइसोलेसनमा राखिएको र शुक्रबार विराटनगर लाने तयारी भइरहेका जिल्ला प्रशासन कार्यलय भोजपुरले जनाएको छ ।

उनी गत फागुन ३० गते साउदी आएका हुन् । यो पुष्टिसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।

Related Articles

Back to top button