जापानमा ठूलो विनाशको प्रक्षेपण, ९ रेक्टरको भूकम्पपछि ९८ फिट अग्लो सुनामीको चेतावनी !
![]() |
---|
|
![]() |
जापान टोक्यो: जापान सरकारको १ प्यानलले देशले एक पटक फेरि भयानक सुनामीको सामना गर्नु पर्ने चेतावनी दिएको छ।यस पटकको सुनामीमा पानीका लहर ३० मिटर अर्थात ९८ फिट माथि सम्म उठ्ने अनुमान गरिएको छ।एउटा ठूलो भूकम्प पछि यो सुनामी आउने चेतावनी दिइएको छ।
भूकम्पको तीब्रता ९ रेक्टर स्केलको हुन सक्ने बताइएको छ।साथऐ भूकम्प र सुनामीका विशेषज्ञका अनुसार भूकम्प प्रशान्त महा सागरको तल पृथ्वीको प्लेटोमा कुनै पनि बेला आउन सक्छ।जापानको होक्काइदो र इवाते परफेक्टर सुनामीको चपेटामा आउन सक्ने बताइएको छ।जापानको टोक्यो इलेक्ट्रिक पावर को ले यस्तो चेतावनी दिएको हो।यो सुनामीको प्रभाव फुकुशिमा न्यूक्लियर स्टेशनमा पनि पर्ने चेतावनी दिइएको छ।९ वर्ष पहिले पनि भयानक सुनामीका कारण यो क्षेत्रमा ठूलो षति भएको थियो।
जापानको सरकारी प्यानलका अनुसार महा भूकम्प जापान र कुरिल ट्रेन्चको उत्तरी भागमा आउने आशंका छ।यो खबर डिसी नेपालले आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ।हामिले उक्त साइटबाट शाभार गरेका छऔँ।
यो पनि पढ्नुहोस: राजनीतिक नेतृत्वले सहि काम गरेन: नवराज सुवेदी, उपाध्यक्ष, समाजवादी पार्टी।नेपालको लोक तान्त्रिक आन्दोलनले निकै लामो समय लिएको छ।जहानिया राणा शासन विरुद्ध होस् या राज तन्त्र विरुद्ध यी दुबैलाई फालेर नेपालीले लोक तन्त्रलाई बचाएका छन्।यही सिलसिलामा २०६२-६३ को जन आन्दोलन पनि महत्व पूर्ण मानिन्छ।राज तन्त्र हटाएर गणतन्त्र ल्याउन यो आन्दोलनले महत्व पूर्ण भूमिका निर्वाह गरेको छ।
यो लोक तान्त्रिक आन्दोलन पूरा भइ सके पछि राजनीतिक नेतृत्वले जस्तो खालको काम गर्नु पर्ने हो त्यो हुन सकेन।लामो समय संघर्ष गरेका नेताहरू पनि सत्तामा पुगे पछि जनताका बारेमा कम र आफ्ना बारे धेरै सोच्न थाले।जसको कारण लोक तन्त्र जति सबल हुनु पर्ने हो त्यति हुन सकेन।अहिलेको सरकारले पनि जनताका लागि केही सोच्न सकेन।स्वास्थ्य र शिक्षालाई पनि व्यवस्थित तरिकाले सुधार गर्न सकेन।संवैधानिक निकायलाई पार्टीकरण गर्ने काम भएकोले नेपालको लोक तन्त्र फेरि संकटमा परेको देखिन्छ।
सरकारले लोकतन्त्रको घाँटी निमोठ्नो काम गरेको छ: शरत्सिंह भण्डारी, अध्यक्ष मण्डल, राजपा।लोक तन्त्रका लागि नेपालमा यत्रो ठूलो लडाइँ भयो।त्यसको फल स्वरूप मुलुकले संविधान मात्र पायो।त्यो पनि पूर्ण छैन।एकातिर संविधानको पक्षमा दीपावली मनाइन्छ अर्को तिर विपक्षमा कालो दिन मनाइन्छ।यसका बाबजुत पनि लोक तन्त्रलाई बलियो बनाउनु पर्ने समय आएको छ।लोक तान्त्रिक पद्धतिबाट आएको सरकारले नै लोक तन्त्रको घाँटी निमोठ्ने काम गरिरहेको छ।यसको उदाहरण सरकारले ल्याएको पछिल्ला २ अध्यादेश हुन्।
यो महामारीका बेला सबै राजनीतिक दल र जनता एकै ठाउँमा उभिनु पर्ने हो तर सरकारले नै पार्टी फुटाउने कानुन ल्याएको छ।यस्तो अवस्थामा कसरी लोक तन्त्रको रक्षा हुन्छ।लोक तान्त्रिक मूल्य पद्धतिको मान्यतालाई क्षय गर्ने खालको काम सरकारले गरि रहेको छ।सरकारले ल्याएका सबै विधेयक पनि लोक तान्त्रिक मूल्य मान्यता विरुद्धका छन्।समावेशी लोक तान्त्रिक प्रणाली आवश्यक: महेन्द्र राय यादव, अध्यक्ष मण्डल सदस्य, राजपा।लोक तन्त्रका लागि नेपाली जनताले २००७ साल देखि संघर्ष गर्दै आएको छ।यसका बाबजुत पजि समयको विभिन्न काल खण्डमा लोक तन्त्रको हत्या भएको छ।
अहिले नेपाल संघीय लोक तान्त्रिक मुलुकको रूपमा उभिएको छ।तर, लोक तन्त्रको घाँटी निमोठ्ने काम पनि सँग सँगै भइ रहेको छ।अब नेपालमा समावेशी लोक तन्त्रिक प्रणलीको आवश्यक्ता छ।लोक तन्त्र भएको देशमा संकट आउँछ।जब जब नेपालको लोक तन्त्रमा संकट पैदा हुन थाल्छ त्यस पछि फेरि हामीहरू एक जुट हुनु पर्छ।लोक तान्त्रिक अभ्यास संस्थागत भएन: बृजेशचन्द्र लाल, उपाध्यक्ष, राजपा।नेपालका जनता लोक तन्त्रवादी छन्।जब जब देशमा लोक तन्त्रमाथि प्रतिगमन भएको छ नेपाली जनताले त्यसको विपक्षमा उभिएर लोक तन्त्रलाई बचाउने कोसिस गरेका छन्।लोक तन्त्रको पक्षमा उभिएका छन्।यो दृष्टान्तलाई हेर्ने हो भने अहिले सम्म नेपालमा लोक तान्त्रिक अभ्यास संस्थागत र सबल भइ सक्नु पर्ने थियो।
![]() |
---|
|
![]() |
तर, राजनीतिक नेतृत्व लोक तान्त्रिक अभ्यासलाई संस्थागत र सबल बनाउन सकेका छैनन।यो ठूलो दुरभाग्य हो। जसको कारण लोकतन्त्र संस्थागत हुन सकेको छैन। सबल हुन सकेको छैन।