News

कतारमा रहेका नेपालीबारे प्रधानमन्त्रीले दिए यस्तो प्रतिक्रिया

काठमाडौं, ११ बैशाख / प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ कतारका प्रधानमन्त्री खालिद विन खलिफा विन अन्दुल अजीज अल थानीसंग सम्वाद गरी नेपालीहरुको अवस्थाको बारेमा चासो व्यक्त गर्नु भएको छ ।

टेलिफोन सम्वादमा प्रधानमन्त्री ओलीले बिभिन्न आरोपमा जेलमा रहेका १७ नेपालीलाई रिहाई गरिएको बारेमा पनि खुसी व्यक्त गर्दै धन्यवाद दिनु भएको बताइएको छ ।

कतारी प्रधानमन्त्री अलथानीले कतारमा रहेका नेपालीहरुको बारेमा चिन्ता नलिन समेत आग्रह गर्नु भएको प्रधानमन्त्री ओलीले गर्नु भएको ट्वीटमा उल्लेख गरिएको छ ।

आज साँझ मैले कतरका प्रधानमन्त्रीसँग फोन संवाद गरें। मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखें।कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गर्नुभयो। मैले विभिन्न आ’रोपमा गि’रफ्तार १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएँ ।

Related Articles

Back to top button
Close