News

भोजपुरको एक युवामा कोरोना संक्रमण पुष्टि, संक्रमित सङ्ख्या ४८ पुग्यो

काठमाडौं, ११ बैशाख / पूर्वी पहाडी जिल्ला भोजपुरमा पनि कोरोना भाइरस कोभिड-१९ को नया संक्रमित भेटिएको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६ वर्षीय पुरुषमा बिहीबार कोरोना पुष्टि भएको हो । हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएकोहो । संक्रमित व्यक्ति विदेशबाट आएको भनिए पनि थप विवरण आउन भने बाँकी नै छ ।

यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४८ पुगेको छ । त्यस्तै अहिले सम्म १० जना भने निको भएर घर फर्कीसकेका छन ।त्कायस्तै काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना संक्रमित आमा छोरा निको भएर घर फर्किएका छन । चैत पहिलो साता बेलायतबाट फर्किएका ८१ वर्षीय आमा र ५८ वर्षीय छोरामा कोरोना संक्रमण देखिएको थियो । त्यस लगत्तै उनीहरुलाई ललितपुरस्थित पाटन अस्पतालमा राखेर उपचार गरिएको थियो ।

पाटन अस्पताल भर्ना भएको १० दिनपछि उनीहरू निको भएर डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनिहरुसंगै कोरोनालाई जितेर निको हुनेको संख्या ९ पुगेको छ ।त्यस्तै कोरोना हैरस कोभिड-१९ को थप दुई संक्रमित फेला परेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको पुष्टि गरेको हो । यो संगै नेपालमा संक्रमितको सख्या ४७ जना पुगेको छ ।

Related Articles

Back to top button