News

आमाको मुख हेर्ने दिन, आमा संसारकी सर्जक भन्दै हिमानीलाई दिइन् छोरी पूर्णिकाले शुभकामना

काठमाडौं । बिहीबार मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन । आजका दिन छोराछोरीले आमालाई विशेष प्रकारले सम्मानभाव प्रकट गर्दछन् । वर्षभरि काम गरेर फुर्सद नहुने आमालाई आजको दिन भने छोराछोरीले मिठामिठा खानेकुरा र उपहार दिने गर्छन् अनि आमासँग आशीर्वाद माग्छन् ।

आज सामाजिक सञ्जाल आमाको तस्बिरले भरिएका छन् । वर्षको एकदिन भए पनि छोराछोरीले आमाको तस्बिर राखेर सम्झने गरेका छन् । यसैक्रममा पूर्वयुवराज्ञी हिमानी शाहलाई छोरी पूर्णिकाले आमा संसारकी सर्जक र सृष्टिकर्ता भन्दै शुभकामना दिएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘अस्येदु मातुः सवनेषु सद्योमहः ।। आमा संसारकी सर्जक, सृष्टिकर्ता हुन् ।’

पूर्णिकाले संस्कृत, नेपाली र अंग्रेनी तीनै भाषामार्फत आमा हिमानीसँगको तस्बिर राखेर वर्णन गरेकी छन् ।

Related Articles

Back to top button
Close