Friday, May 20

साइप्रसको एक कम्पनीले माग्यो नेपाली कामदार तलब कति ?

May 1, 2022 363

काठमाडौं— साइप्रसको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साइप्रस सहरमा रहेको एक सीएएस् रिक्रुटेमेण्ट ग्रुप कम्पनीले १० जना पुरुष नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेसहित तलब ८४ हजार बढि पाउनेछ । इच्छुक कामदारले कर्म इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिसज प्रालीको कार्यालय ज्ञानेश्वर काठमाडौंमा बैशाख २३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिषा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।

Comment