Monday, May 16

लोक गायिका मन्जु पौडेलकि आमाले संसार छाडिन ,यसरी काखमै गयो सास ,मातातिर्थ एकदमै खल्लो (हेर्नुस् भिडियो )

May 1, 2022 335

आज विशेष हिन्दुधर्म मान्ने जनसमुदायका लागि एक महत्त्वपूर्ण दिन हो । यो दिन आमाको मुख हेर्ने दिन र आमालाई पुज्ने दिन रहदै आएको छ ।

रिमा सेवा आश्रम ,जहाँ धेरै बेसहारा आमाहरु रहदै आउनु भएको छ ।नेपाली लोकसंगित क्षेत्रकि सर्वप्रिय लोकप्रिय लोक तथा दोहोरि गायिका मन्जु पौडेलको उक्त आश्रममा आज उपस्थिति भएको हो ।

धेरै आमाहरुको माझमा आफ्नो आमाको सम्झना स्वरुप मन्जु सहयोग गर्न भन्दै आश्रममा आएकि हुन । मन्जुकि आमा केही महिना अगावै मात्रै यो संसारबाट सधैका लागि बिदा भएकि हुन । आफ्नो आमाको सास आफ्नै काखमा गएको र यो मातातिर्थमा आफ्नो आमाको अनुपस्थितिले एकदमै भावुक बनाएको भन्दै उनी धरधरि रुन्छिन् ।

आफ्नो आमा सबैभन्दा प्रिय र अनमोल हुने गरेको उनी बताउँछिन् । आश्रममा आएकि मन्जुले आफ्नो आमाको भौतिक शरीर गुमाएपनि आश्रममा रहेका आमाहरुमा आफ्नो आमा पनि देखेको उनी भावुक हुँदै बताउँछिन् । आउदै गरेको तिजलाई लक्षित गरेर मन्जुले आमालाई समर्पित गर्दै गित समेत सार्वजनिक गर्ने भएकि छिन् ।

हेर्नुस् भिडियो सामाग्री

Comment