News

कोरोना जान्‍न रोएर, बरू जान्छ धोएर भन्दै आइन् आस्था

काठमाडौ, बैशाख १० – त्रिभुवन विमानस्थलमा कार्यरत महिला प्रहरी जवान रमिता श्रेष्ठलाई तथानाम गाली गरेर विबादमा तानिएकी गायिका आस्था राउतले फेसबुकमा कोरोना भाइरसबारे कविता लेखेर सचेतना फैलाउने प्रयास गरेकी छिन् । भ्वाइस अफ नेपालकी जज समेत भएकी उनले घरबाटै उनी कोरोना भाइरसको संक्रमणबाट बच्‍ने उपायबारे सामाजिक सञ्जालमार्फत् जानकारी गराउँदै आएकी छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएकी महिला प्रहरी माथी खनिएकी आस्थाले कोरोनाबा बच्नका लागि कविता लेखेर सचेतना फैलाउने भन्दै कविता लेखेकी छिन् । उनले पछिल्लो समय गिती एल्बम ‘आधार–२’ बजारमा ल्याएकी आस्था यतिबेला लकडाउनका कारण घर मानै समय बिताएक िछिन् । उनले घर मानै बसेर कविता बाट जनचेतना फैलाएकी छिन् । यस्तो छ उनको कविता

कोरोना जान्‍न रोएर, बरू जान्छ धोएर
टाढा टाढै बसौँ साथी, नबसौं छोएर

रुमाल टिस्यु साथै राखौँ, खोकौँ छोपेर
सावधानी अपनाउँ है, हुन्‍न हेपेर

केही गरौँ केही सोचौँ घरमै बसेर
मनोबल उच्च राखौँ जागरुक बनेर

Related Articles

Back to top button
Close