Friday, May 20

रेखा थापाले सुटुक्क गरिन् विवाह, सिन्दुर र माडवारीमा सजिएर चुनाव प्रचारप्रसारमा

April 30, 2022 453

अभिनेत्री रेखा थापाले केही समयअघि अदालत पुगेर सुटुक्क विवाह गरिन् । भव्य समारोह र तामझाममा विश्वास नलाग्ने बताउँदै आएकी रेखाले सामान्य तरिकाले विवाह सम्पन्न गरिन् । रेखाको विवाह हुनै बाँकी भनेर भोजको प्रतीक्षा गर्नेको समेत कमि छैन यहाँ ।

पछिल्लो पटक अभिनेत्रीहरुको गोप्य विवाहको चर्चा चल्दै गर्दा पनि अभिनेत्री थापाकै नाम पहिलो स्थानमा नै आएको हो । तर, धेरैले ध्यान दिन पर्ने कुरा के छ भने उनले विवाह त गरिसकेकी छन् ।

उनको विवाहको खवर सांकेतिक रुपमा आफैंले दिन थालेको पनि लामै समय भयो । हामीले बुझ्न नचाहेको मात्रै हो यो यथार्थलाई ।
हाल चुनाव प्रचारमा व्यस्त रेखा पुगेका कार्यक्रममा धेरैले उनको सिउँदोमा सिन्दुर देख्ने गरेका छन् । सिन्दुरलाई नै विवाहको बलियो प्रमाण अझै पनि हिन्दु समाजमा मानिँदै आएको छ ।

र रेखाको शिरमा सजाइएको रातो सिन्दुर खुलेको पनि देखिन्छ ।
अब त उनी सिन्दुरसंगै नेपाली गहनातर्फ पनि आकर्षित देखिएकी छन् । हाम्रा आमा–हजुरआमाले कानमा लगाउने माडवारी लगाएर उनी चुनाव प्रचारमा उपस्थिती जनाउन थालेकी छन् ।

Comment