Friday, May 20

को हुन् मोडल गरिमा शर्माका प्रेमी ?

April 30, 2022 442

काठमाडौँ । बहुचर्चित गायक प्रमोद खरेलको स्वर रहेको मायाको नाटक बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

दिनेश राज पुरीको शब्द शृजना रहेको गीतमा नबिन कार्कीको संगीत रहेको छ । विशाल निरौलाको एरेन्ज र मिक्सिगं रहेको गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय गरिमा शर्मा र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ ।

त्रिकोणत्मक प्रम कथामा आधारित रहेको भिडियोमा बिक्रम र गरिमाका अलावा संगम मल्ल ठकुरीको अभिनय देख्न सकिन्छ । प्रेमीकाले धोका दिएर प्रेमीलाई घाइते बनाएको कथालाई निर्देशक बिक्रम चौहानले कलात्मक तरिकाले भिडियोमा देखाएका छन् ।

प्रकाश खड्काको छायांकन, मिलन बिकको कलर र सम्पादन रहेको भिडियो गायक सुभाष पुरीको प्रस्तुतिमा तयार भएको हो ।

Comment