Friday, May 20

हेटौंडामा अबदेखि ट्राफिकले ‘लापसे’ चेक गर्ने, बाटोमै चालकको पिसाब जांच

April 30, 2022 791

मकवानपुर ट्राफिक प्रहरीले लागुपदार्थ सेवन (लापसे) गरि सवारी चलाउने चालकहरुको पहिचान गर्न ड्रग-युरिन टेस्ट सडक मैं सुरु गरेको छ ।

लागु पदार्थ सेवन गरी सवारी चलाउँने चालकको संख्या बढिरहेको गुनाँसो आएसँगै दुर्घटना समेत बढ्दा त्यसको नियन्त्रणका लागि ट्राफिक प्रहरी कार्यालयले ड्रग-युरिन टेस्ट जाँच सुरु गरेको हो ।

सवारी दुर्घटना न्यूनिकरण गर्न सवारी चालकहरुले लागु पदार्थ सेवन गरे नगरेको बारे जानकारी लिन ट्राफिक प्रहरीले सो चेकजाँच गरेको हो ।

लागुपदार्थ सेवन गरे नगरेको पिसाबको माध्यमबाट परीक्षण हुन्छ, ‘ड्रग डिटेक्ट किट’मार्फत परीक्षण आरम्भ भएको छ, ट्राफिक प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताए ।

उनले ठूला, साना सबै सवारी साधनका चालकहरुलाई परीक्षण गर्ने बताएका छन् ।

अब हेटौंडामा सवारी चलाउदा लागुपदार्थ सेवन गरेको छ छैन ट्राफिकले ‘ड्रग युनिट टेस्ट कीट’ले चालकहरुको पिसाब चेक गरि थाहा पाउनेछ ।

Comment