News

अहिलेसम्म कोरोना कोषमा जम्मा भयो यति धेरै रकम

काठमाडौं / कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचारका कोषमा अहिलेसम्म २ अर्ब ११ करोड ६५ लाख ५८ हजार २ सय ७५ रुपैयाँ संकलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार कोषमा मंगलबार एकैदिनमा १ करोड ३५ लाख ३ हजार ४ सय २० रुपैयाँ जम्मा भएको छ ।

मंगलबार एभरेष्ट बैंकले ६० लाख, राष्ट्रिय योजना आयोगबाट ४ लाख ६६ हजार २ सय ३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी कर्मचारीको तर्फबाट ३ लाख ९२ हजार ९ सय १३, भेरी प्राविधिक शिक्षालय २ लाख ९४ हजार ८ सय ५५, न्याय हेल्प नेपाल २ लाख ७१ हजार २० रूपैयाँ उपलब्ध गराएका छन् ।

नाम नखुलेका तथा १ लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाबाट ४५ लाख ५८ हजार ५९ रुपैयाँ संकलन भएको पौडेलले जानकारी दिनुभएको छ ।सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका सहयोग पु¥याउन कोष स्थापना गरेको हो । कोषमा संकलन भएको रकम रोकथाम र नियन्त्रणका लागि सरकारले खर्च गर्ने छ ।

Related Articles

Back to top button
Close