News

काठमान्डौमा आरडीटी पोजिटिभ देखिएका दुई नर्सलाई कोरोना नभएको पुष्टि

१० बैशाख २०७७, बुधबार काठमाडौं : काठमान्डौमा (आरडीटी) विधिबाट परीक्षण गर्दा कोभिड–१९ पोजिटिभ देखिएका दुई जना नर्समा पीसीआर परीक्षण गर्दा कोरोना नभएको पुष्टि भएको छ। केन्द्रीय कारागारका कैदीहरुको स्वास्थ्य परीक्षणमा खटिएका उनीहरुलाई मंगलबार आरडीटी विधिबाट गरिएको कोरोना भाइरसको जाँचमा रिपोर्ट पोजेटिभ देखिएको थियो। पोजिटिभ देखिएका दुबैजनालाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन राखिएको थियो।

बुधबार नै स्वाब संकलन गरी पीसीआर बाट गरिएको परीक्षणको रिपोर्ट बुधबार बिहान आएको र नेगेभिभ देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका एक चिकित्सकले जानकारी दिए । उनका अनुसार दुवैजनालाई डिस्चार्ज गर्ने तयारी गरिएको छ।

अन्य समाचार – आनी छोइंग डोल्माद्वारा दैलेखका लागि स्वास्थ्य सामग्री प्रदान

काठमाडौँ, १० वैशाख । कोरोना भाइरस महामारी रोकथामका लागि दैलेखी सेवा समाज काठमाडौँ र मनघरी फाउन्डेशन नेपालको अगुवाइमा दैलेख जिल्लामा दोस्रो चरणका स्वास्थ्य सामग्री पठाएको छ । पहिलो चरणमा ८९ थान पीपीई सेट, २ हजार थान मास्क, १ हजार थान गोलब्स र १० बोतल सेनिटाइजर पठाएको थियो ।दोस्रो चरणमा ललितपुरस्थित प्रारम्भ सामाजिक संस्थाको सहयोगमा आनी छोइंग डोल्मा फाउन्डेशनको सहयोगमा दैलेखका ११ वटा स्थानीय तहका लागि दुई–दुई थान पीपीई सेट, सेनिटाइजनर, ग्लोब्स र मास्क (२२ थान) उपलब्ध पठाएकोे छ ।

प्रारम्भका अध्यक्ष कल्पना छेत्री, आनी छोइंग डोल्मा फाउन्डेशनका अध्यक्ष सु प्रसिद्ध गायिका आनी छोइंग डोल्मा र प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिनाले दैलेखबाट निर्वाचित सांसद रविन्द्र राज शर्मालाई स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।सामग्री पाएलगत्तै सांसद शर्माले स्वास्थ्य सामग्रीरू सम्बन्धित निकायमा तत्काले पठाउने बताए । उनले अन्य सामग्रीहरु पनि पठाउनका लागि पहल गरिरहेको बताए ।सामग्री प्रदान गर्दै गायिका आनी छोइंग डोल्माले यस्तो अवस्थामा हातमाहात मिलाउन आफूहरु अगाडि बढिरहेको बताइन् ।

उनले भनिन्, ‘हाम्रो सहयोग हेर्दा सानो होला तर संख्यामा भन्दा आत्मबल बढाउन तथा हामी पनि तपाईहरुसँगै छौँ भन्ने सन्देश दिन यो ठूलो हो ।’मित्र राष्ट भारतमा रोजागरीको लागि हजराैंको संख्यामा दैलेखबाट समेत जाने गर्दछन । कोरानको प्रभाव भए लगत्तै सयौँको संख्यामा उनीहरु आफ्नो गाँउ फर्किसकेका छन् । तर स्वास्थ्य केन्द्रमा उचित सामग्री नहुँदा समस्या भएको मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए । उनले यही कुरालाई मध्यनजर गर्दै आरम्भ संस्थाले सामग्री उपल्ब्ध गराएको बताए ।

Related Articles

Back to top button
Close