News

आजकाे माैसम : केही ठाउँमा मेघगर्जन, हावाहुरी र असिना सहित पानी पर्न सक्ने

काठमाण्डौ– बुधबार पहाडी क्षेत्रका धेरै तथा मध्य र पूर्वी तराईका केही ठाउँमा मेघगर्जन, हावाहुरी र असिना सहित पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । स्थानीयसँगै पश्चिमी वायुको प्रभावले पहाडी क्षेत्रका धेरै तथा मध्य र पूर्वी तराई का केही ठाउँमा मेघगर्जन, हावाहुरी र असिनासहित पानी पर्न सक्ने मौसमविद्ले बताएका हुन् ।

यसकै प्रभावले अहिले मध्य र पूर्वी क्षेत्रको मौसम सामान्य देखि पूर्ण बदली भइ पश्चिमी क्षेत्रको मौसम आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसोपछि देशभर आंशिकदेखि सामान्य बदली भइ पहाडका धेरै तथा मध्य र पूर्वी तराईका थोरै ठाउँमा मेघगर्जन हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना छ ।

बुधबार बिहान ६ बजे आफ्नो वेबसाइट मार्फत महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्य सम्म मौसम बदली हुने र अपराह्न पछि देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/ चट्याङ/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको जानकारी दिएको हो। साथै मध्य र पूर्वी तराईका समेत केही ठाउँमा आज चट्याङ/ हावाहुरी सहित असिना-पानी पर्ने सम्भावना देखिएको छ। त्यसैले होसियारी अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ। केही दिन यता हावाहुरी तथा चट्याङले भौतिक तथा मानवीय क्षति गरिर हेको छ।

Related Articles

Back to top button
Close