Tuesday, May 17

पल शाहलाई जेल पठाएकै दिन पलको अर्को सशक्त भिडियो बाहिरियो, पलको कामको चौतर्फी चर्चा, हेर्नुहोस् भिडियो

March 28, 2022 448

ल शाहलाई जेल पठाएकै दिन पलको अर्को सशक्त भिडियो बाहिरियो, पलको कामको चौतर्फी चर्चा, हेर्नुहोस् भिडियो

काठमाडौँ । अभिनेता पल शाहको अभिनय रहेको झम्के साँझ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय लोकपप गायक सुनिल गिरीको स्वरमा तयार भएको झम्के साँझमा पललाई अभिनयमा सुन्दरी अभिनेत्री प्रकृति श्रेष्ठले साथ दिएकी छिन् ।

गायक गिरीकै शब्द, संगीत , स्वर र संगीत संयोजन रहेको गीतमा गायिका सुनिता तिमल्सिनाले साथ दिएकी छिन् ।

भिडियोमा रोदी घरमा हुने भम्के साँझमा आफ्नी मायालुलाई ढिला आएको आरोप लगाउँदै ठट्टा गरिएको रमाइलो किस्सालाई निर्देशक दिपेन्द्र तिमल्सिनाले कलात्मक शैलीमा तयार पारेका छन् ।

भिडियोमा अर्जुन तिवारीको छायांकन, मनोज कार्कीको सम्पादन र कलर रहेको भिडियो गायक गिरीकै अफिसियल च्यानलबाट बजारमा ल्याइएको हो । हेर्नुहोस् भिडियो

Comment