News

नेपालको एक खोलामा भेटियो एक झोला पैसा !

बर्दिया – बर्दिया जिल्लाको मान खोलामा गएराति अवैध पैसा फेला परेको छ । सेतो प्लाष्टिकमा एक झोला पैसा फेला परेको प्रहरीले जनाएको छ । बर्दियाको मानखोला लकडाउन शुरू भएपछि जिल्ला भित्रिने र बाहिरिने मानिसहरूको चेकजाँच भइरहेको स्थान हो ।

दिनभर प्रहरी परिचालन भएको स्थानमा राति अबेर सेतो झोलामा पैसा फेला परेको थियो । पैसा कसले र किन राखेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

फेला परेको पैसा ईलाका प्रहरी कार्यालय बाँसगढीमा ल्याएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

Related Articles

Back to top button
Close