जनताको स्वास्थ माथि खेलवाड , पोलिस्टरको कपडा सिलाएर माक्स बनाइयो
![]() |
---|
|
![]() |
दार्चुला, जिल्लाको मार्मा गाउँपालिकाले जनताको स्वास्थमा नै खेलवाड गरेको छ। पिपिइ सेट सेनेटाइजर सर्जिकल माक्स खरिद गरेर गाउँ गाउँ बितरण गर्ने भनेर भनिएता पनि मार्मा गाउँपालिकाले स्थानीय बजारमा पाइने पोलिस्टर ( लाइलन)को कपडाको माक्स उत्पादन गरिएको छ । अहिले बिश्व नै कोरोना भाइरसको महामारीले आक्रान्त भैरहेको बेला मार्मा गाउँपलिकाले जनताको स्वास्थ माथि नै खेलवाड गरेको स्थानीय राजेश बिस्टले बताएका छन । हामिले प्रयोग गर्दा स्वासप्रस्वास मै समस्या आएको समेत बताए ।
मार्मा गाउँपालिकाका निमीत्त कार्यकारी अधिकृत रामकुमार रानालाइ जानकारी लिदा मार्मा गाउँपालिकाका स्वास्थ संयोजक चक्र सिंह धामिलाइ स्वास्थ सामाग्री खरिद गर्ने जिम्मा गाउँपालिकाले दिइएको बताए । जनताबाट गुनासो आए पछाडि मात्र नराम्रो कपडा प्रयोग भएको गाउँपालिकामा थाहा भएको हो र पोलिष्टर को कपडा नै खरिद गरेर माक्स बनाएको रहेछ ।अहिले पोलिस्टरको माक्सलाई गाउँपलिका मै राखिएको छ ।माक्स बनाउने कपडा पोलिस्टरको रहेको सिलाउन जिम्मा दिइएका जनक तिखालले बताए छन ।मलाई पाँच हजार पाँच सय माक्स सिलाउन जिम्मा दिइएको हो मैले प्रती पिस रु १० दरले सिलाउने सहमति पनि भएको हो ।
पोलिस्टरको माक्सको सामाजिक संजाल चौतर्फी बिरोध भएरले गाउँपालिकाले २ दिन अगाडि मेरो पसलबाट लगेको तिखालले बताए । मार्मा गाउँपालिकाको वार्ड नम्बर १मा बितरण गर्न भनेर १२०० माक्स पठाएको र गुणस्तर हिन र जनताले प्रयोग गर्न नमिल्ने भएको हुँदा बितरण नगरेर गाउँपालिका मै फिर्ता गरेको स्वास्थकर्मि बसन्त खत्रीले जानकारी दिएका छन । माक्स लगाएर कुनै काम गरेमा श्वासप्रश्वासमै समस्या आउने जस्तो छ यस्तो माक्स प्रयोग गर्दा कोरोना भाइरस भन्दा पनि माक्सले जनताले ज्यान गुमाउने खतरा देखिएको छ ।
पिपिइ पनि विश्व स्वास्थ संगठनले प्रमाणित गरेको ल्याउने भनिएता पनि पिपिइ गुणस्तर र मापदण्ड अनुसारको नरहेको बताएका छन । हामी स्वास्थकर्मिले जनतालाई सहि सुझाव सल्लाह दिने हो र जतनाको ज्यान कसरी सुरुक्षित गर्ने भन्ने स्वास्थ कर्मिको उद्देश हुन्छ र मैले मेरो कर्तव्य पूरा गरेको हो मैले गाउँपालिकाको उपाध्यक्ष बाग्मती ठगुन्ना र वार्ड अध्यक्ष बिरेन्द्र बोहरासंग सल्लाह गरेर वार्ड १ बाट गुणस्तर हिन माक्स फिर्ता गरेको बताए । अन्य वार्ड ५,६ मा १२ सय पिस बितरण समेत गरिएको र वार्ड ६ स्वास्थ संयोजक चक्र सिंह धामी कै वार्ड रहेको समेत जानकारी दिए।
![]() |
---|
|
![]() |