वैदेशिक रोजगारका क्रममा खाडी मुलुक दुबईमा एक युवक र युवती विवाह नगरी सँगै बस्दै आएका रहेछन्। उनी हरू दुबै जना झापा जिल्लाका रहेछन्। त्यसपछि नेपाल फर्किएपछि युवकले मलाई छोडेर गएको गुनासो सुनाउँदै मिडियामा आएपछि ती केटालाई मिडियाले झिकाए पछि विवाह गर्न राजी भएका युवकले यतिबेला बोली फेरेका छन्।
उक्त युवक परिवारले समेत बुहारी स्वीकार गर्छु भनेर भनिसकेको अवस्थामा अहिले फेरि ति युवकका परिवर अनि युवकले स्विकार नगरेको आफूलाई भन्दै मिडियामा आएकी छिन् ति पीडित युवती। ती युवतीलाई के भएर तपाईंलाई तपाई यसरी मिडियामा आउनु पर्यो भनेर सोध्दा उनी यसो भन्छिन्।
‘फेरि वहाँले मलाई फोन गर्नु भएको थियो त्यो दिन पछाडी अनि वहाँले मलाई अब म तँलाई विहे गर्दिन त जे गर्न सक्छस् गर अब म आउँदिन जस्तो सजाए दिन्छस् मलाई दिनु भन्ने खालको कुरा गर्नुभयो र येस्तै कुरा गरेपछि मैले महिला अधिकारकर्मी दिदी अनु केसी लाई बोलाएर सबै कुरा सुनाए ‘भनेर भन्छिन् पिडित युवती।
‘म चै त्यो घरमा कानुनी रूपमा नै एउता कागज बनाएर मात्रै जाने सोचमा थिएँ तर फेरि मलाई फोननंबर गरेर त्यस्तो भनेपछि म मिडियामा आउनु परेको हो।’ तपाईंलाई अस्ती परिवारले स्वीकार्छु भनेर भन्दा आश थियो त तपाईंलाई भनेर सोध्दा उनी यसो भन्छिन्,’ मलाई पुरै आश थियो र अब चै मैले न्यौ पाएँ भन्ने भएको थियो तर यस्ताे हुन्छ भनेर सोचेको थिईन।’
भनेपछि तपाईंलाई उसले पुरै प्रयो*ग नै गरेको रहेछ भनेर सोध्दा उनी यसो भन्छिन्,’ उसले मलाई पूरै प्र*याेग नै गरेको हो किनभने उसले हिजोको दिनमा तपाईहरुको सामु नै उसले मैले गल्ती गरेको हुँ म स्वीकार्छु भनेको मान्छेले यसरी मलाई अलपत्र पारेको छा। ठिकै छ उसले कानुनी पाटोमा जान्छु भनेकी छ मा त्यसमा पनि जान तयार नै छु अब।’
Comment