News

बिहानै आयो दुखद खबर: काठमाडौंबाट छुटेको ३६ यात्रु सवार बस दुर्घटना

वैशाख,१०, मिलन बि.क

रामेछाप । रामेछापको मन्थलीमा बस दुर्घटनामा परेको छ । काठमाडौंबाट मालुखोल तर्फ आउदै गरेको अरनिको बा २ ख ६८१८ नम्बरको बस हावाको कारणले ब्रेक नलाग्दा मन्थलीको कुनौरीको दास्रो मोडमा दुर्घटनामा परेको हो ।

दुर्घटनमा परि बसका धनिसहित १५ जना सामान्य घाईते भएका छन् । उनीहरुको उद्दार गरि मन्थलीको तामाकोशी अस्पतालमा उपचार भैरहेको घटना स्थलबाट प्रहरी जवान प्रकाश कुमार पौडेलले जनता भ्वाईसलाई जानकारी दिनुभएको छ । उहाँका अनुसार बसमा ३६ जना सवार रहेका थिए । उनीहरुलाई अर्काे सवारी मार्फत सुरक्षित स्थान तर्फ पठाएको छ ।

काठमाडौंमा लकडाउनले अलपत्र परेकाहरुलाई विभिन्न निकाएको पहलमा गाउँ लिएर आउने क्रममा बस दुर्घटनामा परेको हो ।

Related Articles

Back to top button
Close