News

कोरोना अपडेट : मलेसियाको पछिल्लो अवस्था यस्तो छ ।..

काठमाडौं / विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसँगको लडाईँमा विश्वका थुप्रै देशहरुले लकडाउनको आह्वान गरेका छन् ।

विभिन्न देशको सरकारले घरबाहिर निस्किन नदिने, सामाजिक दूरी कायम गर्ने, भीडभाड नगर्ने, सेल्फ क्वारेन्टाइन, होम क्वारेन्टाइन र घइरबाट नै अफिसका सम्पुर्ण काम गर्न आग्रह गरेको छ ।

त्यस्तै कोरोनाको सङ्क्रमण फैलन नदिन मलेसियाले लकडाउनकाे अवधि थपेकाे छ । अप्रिल २८ सम्म अब मलेसियामा ‘लकडाउन’ कायम गरिएको छ । यस अवधिमा नेपालीसहित कुनै पनि विदेशी नागरिक मलेसिया प्रवेश गर्न पाउँदैनन् । यस अवधिका लागि सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ भने खेलकुद, धार्मिक कार्यक्रम लगायत कुनै पनि किसिमका भेला गर्न रोक लगाइएको छ ।

सङ्क्रमित सङ्ख्या : ५ हजार ४ सय ८२ जना ।

निको भएर घर फिरेकाहरु : ३३ सय ४९ जना । (एक जना नेपालीसहित)

अस्पतालमा उपचाररत : २ हजार ४१ जना ।

मृतकको सङ्ख्या : ९२ जना ।

दूतावासकाे सल्लाह:

कोरोनाको सङ्क्रमणबाट बच्न सकेसम्म भिडभाडमा नजानुहोस् ।

कोरोना रोकथामका लागि मलेसियाले जारी गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्न पनि अनुरोध गरेको छ । लकडाउनको अवज्ञा गर्ने नेपालीसहित मलेसियाका नागरिकसमेत पक्राउ परेको भन्दै कोरोनाको जोखिमबाट बच्न सरकारले जारी गरेका सुरक्षा सतर्कता अपनाउन दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ ।

कोरोनाको कारण कम्पनीमा या बासस्थानमा कुनै समस्या भएमा पनि दूतावासमा सम्पर्क गर्न र यो समयमा झैझगडा नगरी संयमित भएर काम गर्न, नभए होम व्वारेण्टीनमा बस्न पनि दूतावासले भनेको छ ।

सुरक्षा सतर्कताका लागि सरकारको निर्देशन र सल्लाहबारे बेला बेलामा जानकारी लिनुहुोस् । कुनै समस्या परेमा मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिन्छ ।

मलेसियामा नेपालीका लागि काम गर्ने धेरै सङ्घसंस्था छन् । समस्या पर्दा यस्ता सङ्घसंस्थाको पनि सहयोग लिन सकिन्छ ।

Related Articles

Back to top button