News

ज्ञानेन्द्र शाही ललितपुरबाट पक्राउ

९ वैशाख, काठमाडौं । ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ परेको छ । लकडाउन उल्लंघनको आरोपमा प्रहरीले ललितपुरकाे सुनाकोठीबाटबाट उनलाई मंगलबार पक्राउ गरेको हो ।लकडाउन उल्लंघन गरेपछि शाहीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले जानकारी दिए ।लकडाउन उल्लंघन गरेर शाहीले के गरे भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन । प्रहरी नियन्त्रणमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस

काठमाडौं : हाम्रो नेपाल हामी नेपालीका अभियान्ता ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्न गरेका प्रहरीले उनलाई पक्राउ गर्न नसकेपछि परिवारका अन्य सदस्यहरुलाई नियन्त्रणमा लिएको छ ।दैनिक ज्यालादालीमा काम गर्ने मजदुरलाई राहत वितरण गर्ने क्रममा विवाद शुरु भएपछि शाहीलाई पक्राउ गर्न प्रहरी टोली ललितपुरस्थित सुनाकोठी पुगेको थियो । तर, शाहीलाई पक्राउ गर्न नसकेपछि प्रहरीले उनका परिवारका अन्य सदस्यलाई नियन्त्रणमा लिएको हो ।जिल्ला प्रशासन कार्यालय ललितपुरले राहत वितरण नगर्न आग्रहलाई बेवास्ता गर्दै राहत वितरण गरेपछि विवाद शुरु भएको थियो ।

त्यसपछि महानगरीय प्रहरी परिसर ललितपुरबाट पुगेका प्रहरी टोलीले शाहीलाई पक्राउ गर्न नसकेपछि उनका परिवारका अन्य सदस्यलाई पक्राउ गरेको छ ।प्रहरीले शक्ति ठाकुरीसहित सबै परिवारलाई नियन्त्रणमा लिइ महानगरीय प्रहरी परिसर ललितपुर लगेको छ ।पक्राउ पर्नेमा शक्तिका दुई छोरा र श्रीमती रहेका छन् ।शाहीले केही दिन अघि काठमाडौंको चक्रपथस्थित रिङरोडमा रहेका दैनिक ज्यालादारीमा काम गर्दै आएका मजदुरलाई राहत बाँडेका थियो

Related Articles

Back to top button
Close