News

काठमाडौँमा २ जना नर्समा देखियो कोरोना संक्रमण ‘पोजेटिभ’

काठमाडौं । काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जजना नर्समा २ पटक गरिएको ¥यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

आरडिटी परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनीहरुलाई पिसिआर परीक्षण गरिने भएको छ ।उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिए । टेकु अस्पतालकै आइसोलेसनमा उनीहरुको पिसिर हुँदै गरेको बास्तोलाले जानकारी दिए ।नेपाल समाचारपत्र बाट

विश्वभर ४८ घण्टाका लागि इन्टरनेट सेवा बन्द हुने

एजेन्सी । विश्वभर दुई दिन इन्टरनेट सेवा बन्द हुनसक्ने अन्तराष्ट्रीय सञ्चार माध्यामले जनाएका छन् । मेन डोमेन सर्भर र योसँग जोडिएको नेटर्वक इन्फ्रास्ट्रक्चर केहि समयको लागि बन्द हुने भएकोले इन्टरनेटमा समास्या देखिन लागेको ‘रसिया टुडे’ ले जनाएको छ ।

रिपोर्टका अनुसार ‘द कर्पोरेसन अफ असाइन्ड एण्ड नम्बर्स’ लाई यो समयमा मर्मतका कामहरु गर्नुपर्ने छ ।

‘द कर्पोरेसन अफ असाइन्ड एण्ड नम्बर्स’ले क्रिप्टोग्राफिक की लाई बदल्न लागेको छ । जसले गर्दा इन्टरनेटको एड्रेस बुक वा डोमेन नेम सिस्टम (डिएनएस) लाई सुरक्षित बनाउँछ । साइबर घटनाको बढ्दो आक्रमणलाई मध्यनजर गर्दै विश्वभरको इंटरनेट २ दिन अर्थात ४८ घण्टाको लागि बन्द गरिने ‘द कर्पोरेसन अफ असाइन्ड एण्ड नम्बर्स’ले जनाएको छ ।

कम्युनिकेशन रेगुलारिटी अथोरिटीका अनुसार डिएनएसलाई सुरक्षित बनाउनको लागि विश्वभरको इंटरनेट सटडाउनु हुन जरुरी छ ।

Related Articles

Back to top button
Close