Monday, May 16

एमाले छाडेको पाप धुरीबाट करायो, कांग्रेस र माओवादीले पेलेपछि क्वाँ-क्वाँ !

April 27, 2022 21

नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल सम्मानजनक नभएको गुनासो गरेकी छन्।सहरी विकास मन्त्रीसमेत रहेकी उनले देशैभर एकीकृत समाजवादी पार्टीलाई कांग्रेस र माओवादीले पेलिरहेको सन्दर्भमा यस्तो भनेकी हुन्।

मन्त्री झाँक्रीले गठबन्धनका केही नेताहरुले दम्भ देखाएको पनि बताएकी छन्। केही दिनअघि मात्रै समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र माओवादीले आफूलाई ठूलो ठानेर दम्भ देखाएको बताएका थिए।

नेपालले गठबन्धनबाट आफूहरुको अपमान भएको गुनासो गरिरहँदा समाजवादीकै नेतृ झाँक्रीले पनि असन्तोष पोखेकी हुन्।‘गठबन्धन सन्तोषजनक र सम्मानजनक भएन। गठबन्धनका दलहरूबीचमा हामीले आफैँभित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौँ’, उनले भनेकी छन्,’हाम्रा वार्ता र सम्वादमा केही दम्भ देखियो।’

उनले चुनावी तालमेल भइरहँदा गठबन्धनकै केहि नेताहरुका अभिव्यक्ति उदेकलाग्दा आइरहेको पनि बताएकी छन्।सत्तागठबन्धनमा रहेका दलहरु बीच सम्मानजनक सिट बाँडफाँड नगरिएको विषयको हिसाबकिताब हुने पनि झाँक्रीले बताएकी छन्।

गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा एक दिन यसको हिसाब मिलान गर्नुपर्ने देखिएको उनको भनाइ छ।‘योबीचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाब मिलान गर्नुपर्ने छ। बस!’, उनले आक्रोशमिश्रित शब्दसहित भनेकी छन्। ​

झाँक्रीले यसो लेखेकी छन् –

‘गठबन्धन सन्तोषजनक र सम्मानजन भएन। गठबन्धनका दलहरूको बीचमा हामीले आफैँभित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौँ ।हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो। यो बीचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाब मिलान गर्नुपर्ने छ। बस !’सिट बाँडफाँटमा एकीकृत समाजवादी रुष्ट

सत्तारूढ गठबन्धनबीच महानगर र उपमहानगरपालिकामा सिट बाँडफाँटमा सहमति भएसँगै उम्मेदवारी टुंगो लगाउने गृहकार्यमा छन् । पाँच दलीय गठबन्धनमा सहमतिकै आधारमा ६ महानगर र ११ उपमहानगरपालिकामा सिट बाँडफाँट टुंगो लागेको थियो ।

सत्तारूढ दलबीच ७७ वटै स्थानीय तहमा गठबन्धन गर्ने समझदारी भए पनि सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसकाको तल्लो कमिटीमा असन्तुष्टि बढेपछि गठबन्धनले नगरपालिका र गाउँपालिकामा आवश्यकताको आधारमा गठबन्धन गर्न निर्देशन दिएको थियो ।महानगर र उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बराबर सिट पाएका छन् ।

तर, नगरपालिका र गाउँपालिकाको सिट बाँडफाँटमा भने एकीकृत समाजवादीलाई पाखा लगाउँदै कांग्रेस र माओवादीबीच धमाधम गठबन्धन बन्न शुरू गरेको छ ।केन्द्रमा सत्ता गठबन्धन गर्ने समझदारी बने पनि नगरपालिका र गाउँपालिकामा तीन दलबीच गठबन्धन बन्न सकिरहेको छैन ।

गठबन्धनबीच गत निर्वाचनमा एमालेबाट निर्वाचित भई हाल समाजवादीको जनप्रतिनिधि रहेका ठाउँमा समाजवादीलाई छोड्ने सहमति बनेको थियो ।तर, अधिकांश स्थानीय तहमा समाजवादीलाई छोडेर कांग्रेस र माओवादीबीच गठबन्धन बन्ने क्रम शुरू भएपछि एकीकृत समाजवादी रुष्ट बनेको छ ।

Comment