Tuesday, May 17

नौ महिनामा तीन अर्ब ३० करोडको सारी तथा धोती भित्रियो, कहाँबाट आउँछ सारी तथा धोती नेपालमा ?

April 27, 2022 461

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो नौ महिनामा विभिन्न देशबाट नेपालमा ३ अर्ब ३० करोड ९३ लाख २६ हजार रुपैयाँको सारी, लुङ्गी र धोती भित्रिएको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्यको सारी, लुङ्गी र धोती नेपाल भित्रिएको हो । पछिल्लो नौ महिनामा विश्वका १६ देशबाट ९० लाख ८३ हजार २१७ थान सारी, लुङ्गी र धोती नेपालले आयात गरेको विभागले जनाएको छ ।

चीन, जर्मनी, भारत, इन्डोनेसिया, नेदरल्याण्ड्स, थाइल्याण्ड, नामिबिया, अष्ट्रेलिया, बंगलादेश, मलेसिया, कतार, सिंगापुर, श्रीलंका, युनाइटेड अरब इमिरेट्स र बेलायतबाट सो अवधिमा नेपालमा सारी, लुङ्गी र धोती भित्रिएको छ ।नेपालमा सबैभन्दा बढी सारी भारतबाट आउने गरेको छ ।

बितेको नौ महिनामा भारतबाट ३ अर्ब २४ करोड ३२ लाख ६७ हजार रुपैयाँको ८८ लाख ८४ हजार ८८० थान सारी, लुङ्गी र धोती नेपाल आएको छ ।गत आर्थिक वर्ष ३ अर्ब ५३ करोड ९७ लाख ४२ हजार रुपैयाँको ९१ लाख ९४ हजार ६६३ थान सारी, लुङ्गी र धोती नेपाल भित्रिएको थियो ।

यो पनि – फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा काठमाण्डौको भृकुटीमण्डपमा यही वैशाख १५ देखि जेठ ८ गतेसम्म जुत्ता–चप्पल व्यापार प्रवर्द्धन मेला आयोजना हुने भएको छ। स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न विदेशी जुत्ता–चप्पलको आयातलाई प्रतिस्थापन गरी वस्तु उत्पादनका क्षेत्रमा

देशलाई आत्मनिर्भर बनाउन तथा स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनका लागि मेला हुने भएको हो। फुटवेयरले मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरी स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनका लागि तथा जुत्ता–चप्पल व्यापार प्रवर्द्धन गर्नका लागि मेलाको आयोजना गर्न लागेको जानकारी दिएको हो।

फुटवेयरमा अध्यक्ष नानीराज घिमिरेका अनुसार अहिले बजार बैंकिङ तरलता अभाव तथा अर्थतन्त्रमा नै संकट देखिएकाले अर्थतन्त्र सुधार गर्न सहयोग पुग्ने अपेक्षाले व्यापार मेलाको आयोजना गरिएको छ। एसोसिएनका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई

स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी दिनका लागि मेला आयोजना गर्न लागेको बताए। मेलामा नेपालमा उत्पादित जुत्ता–चप्पल तथा छालाजनय वस्तुहरु लेडिज, जेन्स र बच्चा सबैलाई समेट्ने गरी गर्मी सिजन, बिहे पार्टीका लािग लक्षित उत्पादनहरु रहने आयोजकले जनाएको छ।

मेलामा नेपालमा उत्पादित जुत्ता–चप्पल तथा छालाजन्य वस्तु र स्वदेशी तयार गरिएका जुत्ता चप्पल महिला, पुरुष र बालबालिका सबैलाई ५० प्रतिशत छुटका साथ पाइने आयोजकले जानकारी दिएको छ। आयोजका अनुसार मेलामा बेस ग्लोबल प्रालि, बेस फुटवेयर इन्डस्ट्रिज, शिखर सुज इन्डस्ट्रिज,

कोशेली छाला जुत्ता उद्योग, लालीगुराँस फुटवेयर, रोयल फुटवेयर इन्डस्ट्रिज, शुभकामाना फुटवेयर प्रोडक्ट नेपाल, पवित्र सुज इन्डस्ट्रिज र रन सुज इन्डस्ट्रिज कम्पनीको सहभागिता रहेको छ। त्यस्तै स्मार्ट सुज, वान ओल्र्ड फुटवेयर। सुरभी पोलीमर्स, सम्राट सुज,

नमस्ते फुटवेयर, ओएसिस फुटवेयर, किरण सुज म्यानुफ्याक्चर्स, बोस सुज, फुटस्टेप सुज र नियासा सुजको उपस्थितिगरी १९ कम्पनीको सहभागिता मेलामा रहेको छ। २ लाख ५० हजारभन्दा बढी स्वदेशी तथा विदेशी आगन्तुकले भ्रमण गर्ने अनुमान फुटवेयरले गरेको छ।

Comment