काठमाडौं ।
आफ्ना इन्जिनियर प्रेमी आशीष गेलालसँग बैशाख ९ गते लगनगाँठो कसेकी अभिनेत्री वर्षा शिवाकोटी हनीमुनमा निस्किएकी छन् । अमेरिका जाँदै प्रेमीलाई भेट्दै आएकी नायिका वर्षा सिवाकोटीले केहि दिन अघि सुटुक्क प्रेमीसँग विबाह गरेकी थिईन ।
उनी केही समयदेखि रिलेसनसीपमा थिइन् । स्रोतका अनुसार काठमाडौंको बालुवाटारमा घर भएका ती पुरुष इन्जिनियर हुन् । अमेरिका बस्दै आएका इन्जिनियर गेलालसँग बिहे गरेकी वर्षा हनीमुन मनाउन पोखरा पुगेकी हुन् । शुक्रबार लगनगाँठो कसेकी अभिनेत्री वर्षा सिवाकोटी हनिमुन मनाउन तालनगरी पोखरा निस्किएकी हुन् ।
इन्स्टाग्राम स्टोरीमार्फत वर्षाले हनिमुनका लागि आफू पोखरामा रहेको जनाएकी छन् । गुलाब र बेलुनले सजिएको बेडको तस्वीर सेयर गर्दै उनले पोखरा ‘चेकइन’ गरेकी छन् ।
स्टोरी सेयर गर्दै वर्षा लेख्छिन्, ‘आफ्नी श्रीमतीसँग जीवनमा पहिलो पटक पोखरा घुम्न पाएर मिस्टर गेलल उत्साहित छन् ।’
Comment