Wednesday, May 18

यामाहा एफजेडएक्स १५० को बुकिङ खुल्ला, कति पर्छ मूल्य ?

April 27, 2022 655

काठमाडौं । यामाहाको बहु प्रतिक्षित मोटरसाइकल नेपालमा सार्वजनिक भएको छ । यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी एमएडब्ल्यू इन्टरप्राइजेजले यामाहा एफजेडएक्सको बुकिङ लिन सुरु गरको हो ।

लामो समयदेखि सार्वजनिक गर्ने तयारी गरेको कम्पनीले हाल मोटरसाइकलको बुकिङ खुल्ला गरेको हो । यामाहाको आधिकारिक शोरुममा आइपुगेको यो मोटरसाइकलको मूल्य ४ लाख २६ हजार ९०० रुपैयाँ निर्धारण गरेर बुकिङ लिन सुरु गरेको कम्पनी स्रोतले मेरोअटोलाई जानकारी दिएको छ ।

यामाहाको शोरुममा एफजेडएक्स टेष्ट राइडसमेत गर्न सकिने छ ।

एफजेडएक्स रेट्रो लुक मोर्डन डिजाइनमा निर्माण गरिएको मोटरसाइकल रहेको छ । यसमा वल्र्ड स्कुल राउण्ड सेप एलइडी हेड ल्याम्प दिइएको छ । त्यस्तै यसमा नयाँ टेक्नोलोजि आधारित धेरै फिचर रहेको छन् ।

कम्पनीले यसमा ब्रान्ड न्यू अल डिजिटल कन्सोल दिएको छ । एफजेडएक्समा कम्पनीले ब्लुटुथ भेरियन्टसमेत दिएको छ । साथै, यसमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

यसमा १४९ सीसी क्षमताको एफआई इन्जिन यसमा रहने छ । उक्त इन्जिनले ७२५० आरपीएममा अधिकतम १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।

यसका अलावा एफजेडएक्सको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन, ब्लुटुथ कनेक्टिभिटी, दुबै चक्कामा डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर पाउन सकिन्छ । मेरोअटाे

Comment